कोइराला गुठीद्धारा विभिन्न संकायमा उत्कृष्ट हुने बिद्यार्थीलाई सम्मान

पोखरा, २६ असार/श्रीपति कोइराला गुठीले कास्की जिल्लाबाट विभिन्न संकायमा उत्कृष्ट अङक ल्याउने बिद्यार्थीलाई सम्मान गर्ने भएको छ । विभिन्न संकायमा कास्कीबाट उत्कृष्ट अङक ल्याएका ७ जना बिद्यार्थीहरुलाई स्वर्गीय श्रीपति कोईरालाको २ सय ६ औं जन्मजयन्तीको अवसरमा सम्मान गर्ने गुठीका अध्यक्ष रामचन्द्र कोइरालाले बताए ।

सम्मानित हुनेहरुमा पोखराको पृथ्बीनारायण क्याम्पस स्नातकोत्तर मानवीकी संकायबाट उत्कृष्ट अङक ल्याउने दयासागर सुवेदी, स्नातकोत्तर व्याबस्थापन संकायबाट उत्कृष्ट अङक ल्याएका अमृत केसी, र्इिन्जनियरिङ अध्ययन संस्थान लामाचौरबाट स्नातकतह बीईमा उत्कृष्ट अङक ल्याउने समिर कर्ण, वन क्याम्पस स्नातकोत्तर एम.एस.सी.मा उत्कृष्ट अङक ल्याएका शम्भु पौडेल रहेका छन ।

त्यसै गरी चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा क्याम्पसबाट बी.एन.मा उत्कृष्ट अङक ल्याएकी पोखरा एयरपोट ज्ञानकुन्ज मार्ग निवासि प्रमिला बराल, नेपाल संस्कृत विश्वबिद्यालय विन्ध्यवासिनि सस्कृति बिद्यापिठबाट शास्त्री तहमा उत्कृष्ट अङक ल्याउने सन्तोस गौतम र पोखरा विश्वबिद्यालय एम.बी.एमा उत्कृष्ट अङक ल्याउने रामकृष्ण चापागाई सम्मानित हुने भएका हुन । सम्मानित हुने बिद्यार्थीहरुलाई चाँदीको पदक सहित, प्रंशम्सा पत्रको साथमा नगद २ हजार ५ सय रुपैया समेत प्रदान गरीने छ ।

त्यस्तै चिसाखोला वेद बिद्याश्रमका कक्षा १० मा अध्ययनरत छात्र सन्दीप घिमिरे र हरिकृष्ण उपाध्यायलाई छात्रबृत्ति प्रदान गरीने भएको छ । घिमिरेलाई ३ हजार र उपाध्यायलाई २ जहार प्रदान गरीने भएको हो ।

कमेन्टहरु
Loading...