अपांगता भएका व्यक्तिको अधिकारका बारेमा सचेतना 

पोखरा, ३ असार /अपागंता भएका ब्यक्तिहरुको अधिकारलाई स्थापित गर्नकालागि अपांगताको सवालमा बनेका नीति तथा नियमहरुको कार्यान्वयन र परिमार्जन तथा निर्माणमा जोड दिनु पर्ने कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सृजनशिल अपांग समाज एवं मेरुदण्ड पक्षघात संघको संयुक्त आयोजना जिल्ला समन्वय समिको सहयोगमा आयोजित अपांगता भएका व्यक्तिका विविध सवालमाथिको सचेतना कार्यक्रमका सहभागिले अपांगता भएका वर्गको उत्थानकालागि सरोकारवाला निकायले विशेष पहल गर्नु पर्ने बताए ।  जिल्ला समन्वय समिति कास्कीका  सामाजिक शाखा प्रमुख अर्जुन न्यौपाने  अपांगता भएका ब्यक्तिहरुकोे क्षमताको पहिचान गरी समतामुलक तरीकाले अवसर प्रदान गर्नु पर्ने बताए ।

उनले अपांगता मैत्री भौतिक संरचना निर्माणमा पहल र अपांगताको सवालमा बनेका नीति तथा नियमको कार्यान्वयनमा जोड दिनु पर्ने बताए । जिल्ला जनस्वास्थ्य अधिकृत बोधराज सुवेदिले जन्मजान हुन सक्ने अपांगतालाई रोक्न आहार विहार र नियमीत स्वास्थ्य जाँचमा गर्भवति महिलाले ध्यान दिनु पर्ने बताए । समाजले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सकारात्मकताको खाँचो औल्याए । डिडाका संस्थापक अध्यक्ष गीरधारी सुवेदीले अपांगता भएकाहरुको समाजमा पूर्ण प्रभावकारी सहभागिता हुनुपर्ने बताए ।

नेपाल अपांग महिला संघकी अध्यक्ष जमुना पौडेलले अपांगता भएका ब्यक्तिहरुको शसक्तिकरणकोलागि सचेतनामुलक कार्यक्रमहरुमा जोड दिनु पर्ने बताइन् । राष्ट्रिय अपांग महासंघ नेपाल कास्कीका अध्यक्ष हेम बहादुर गुरुगंले अपांगता भएकाहरुलाई सहानुभूति होइन अवसर प्रदान गर्नु पर्ने बताए । राज्यका हरेक तहमा अपांगता भएका ब्यक्तिकालागि आरक्षणको ब्यवस्था गर्नु पर्नेमा जोड दिए । नेपाल खेलकुद अपांग समितिका भरत बाँनियाले अपांगता भएकाहरुको खेल क्षेत्रमा सहभागितमा वृद्धि गराई उनीहरुको क्षमतालाई कदर गर्न सम्बन्धित निकायले चासो राख्नु पर्ने बताए ।

कार्यक्रममा सिविआरएसका कार्यक्रम संयोजक कृष्ण लामिछानेले राज्यले अपांगता भएका ब्यक्तिको फरक क्षमतालाई अझै पहिचान गर्न नसकेको बताए । उनले अपांगता भएका व्यत्तिहरुको आत्म सम्मानमा विशेष ध्यान दिनु पर्ने बताए । सृजनशिल अपांग समाजका सल्लाहकार सूर्य खड्का विखर्चीले नीति निर्माणमा अपांगता भएकाहरुको सहभागिताको हुन नसक्दा अपांगता भएकाहरुको मुद्दा सम्बोधन हुन नसकेको बताउनु भयो।

स्वालम्बन जीवन पद्धति समाज कास्कीका अध्यक्ष हितमान छन्त्याल, मेरुदण्ड पक्षघात संघका अध्यक्ष हरिकृष्ण शर्मा, नेत्रहीन संघका प्रतिनिधि मुना अर्याल, संचारिका समुह पश्चिमाञ्चल अध्यक्ष जमुना वर्षा शर्मा,बौद्धिक अपांग संघमा प्रमिला श्रेष्ठ, थ्री एन्जल्सका सूर्य परियार लगायतले अपांगता समस्या र अधिकारका विविध सवाल माथि बोलेका थिए । कार्यक्रमको उद्देश्य माथि प्रकाश कार्यक्रम संयोजक हरिकृष्ण शर्माले सृजनशिल अपांग समाजका अध्यक्ष जगन्नाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत  फणिन्द्र प्रसाद पौडेल र संचालन शंकर प्रसाद बाँस्तोलाले गरेका थिए ।

कमेन्टहरु
Loading...