पोखरा १ असार /युवा पत्रकार प्रकाश ढकालको सहयोग अभियान सुरु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि ढकाल विगत नौ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको थप उपचारका लागि काठमाडौंको नर्भिक हस्पिटल लैजानुपर्ने भएपछि विभिन्न व्यक्ति र संस्थाबाट सहयोग संकलन गरिएको हो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीको समन्वयमा बिहीबार करिब ५० हजार रुपैयाँ संकलन भएको छ । पराजुलीको समन्वयमा नेपाली कांग्रेस कास्कीकोतर्फबाट ढकालको उपचारका लागि १५ हजार रुपैयाँ र कांग्रेसको विभिन्न तहका नेता कार्यकर्ताबाट व्यक्तिगतरुपमा २० हजार रुपैयाँ संकलन भएको छ । यसैगरी पत्रकार पराजुलीकै समन्वयमा लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघले ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
पराजुलीका अनुसार कांग्रेसका जिल्ला सभापति कृष्ण केसीले १ हजार, सचिव सुदिपमोहन भट्टराइ र रामराज लामिछानेका साथै कोषाध्यक्ष लक्ष्मी पाण्डेले जनही १ हजार ५ सय, जिल्ला सदस्य ओम बस्नेतले ३ हजार, महानगरका वडाध्यक्षहरु अक्कलबहादुर कार्की, पूर्णकुमार गुरुङ, मोहन बाँस्तोला, राजकुमार गुरुङ, रविन्सन प्रजूका साथै भीम गौतम, उमेश पराजुलीले जनही १ हजार र विजया रेग्मी, माधव प्रसाद बाँस्तोला, वर्षाकेशव पराजुली, रामबाबु भण्डारी, हीरामणि सुवेदी, वीर्जमान गुरुङ, युवक लामिछाने, अनिता तिमिल्सिना र गौरी सापकोटाले जनही ५ सय रुपैयाँ पत्रकार ढकालका लागि सहयोग गरेका छन् ।
यसैगरी नेपाल पर्यटन व्यवसायी संघकोतर्फबाट ११ हजार १११ रुपैयाँ ढकालको उपचारका लागि सहयोग प्राप्त भएको पत्रकार पराजुलीले जानकारी दिए । संस्थाका अध्यक्ष सोम थापा, उपाध्यक्ष पशुपति भट्टराई, नारायण सापकोटा र जीवनाथ गौतमका साथै सदस्यहरु शंकर अर्याल र चौबहादुर गुरुङसहितको टोली अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए । यसैगरी संचारिका समूहले पनि १० हजार रुपैयाँ संकलन गरिसकेको र शुक्रबार बिहान ढकाललाई हस्तान्तरण गरिने समूहकी अध्यक्ष जमुना शर्मा वर्षाले जानकारी दिइन ।
ढकालको उपचारका लागि नेपाल पत्रकार महासंघ कास्कीले बिहीबार आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा सहभागी विभिन्न पत्रकारहरुबाट करिब २० हजार रुपैयाँ संकलन भएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । यसैगरी महासंघले संस्थागत रुपमा १० हजार, नेपाल प्रेस युनियन कास्कीले १० हजार, खेलकूद पत्रकार मञ्चले ७ हजार, चलचित्र पत्रकार संघले ५ हजार, जक्सन डटकमले ५ हजार, विनोद बानियाँ, संजोग बस्याल, अर्पण तिवारी, सुरज थापा मगर र आयुष श्रेष्ठबाट संयुक्त ५ हजार रुपैयाँ, पत्रकार भरत कोइरालाले १ हजार, मोतीसागर अधिकारी र हरि पन्तले जनही ५०५ सहयोग गरेका छन् ।