परशुराम बस्नेत धरौटीमा छुटे

२५ असार, काठमाडौं । गुण्डागर्दी गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा थुनामा रहेका ‘डन’ परशुराम भनिने कृष्ण बस्नेत धरौटीमा रिहा भएका छन् ।

parsuram basnetविशेष अदालतले मागेको २ करोड धरौटी नुबझाएपछि उनलाई जेठ २७ गते जगन्नाथ देवल जेल चलान गरिएको थियो । ‘जगतबहादुर लामासहित २ जनाको नाममा रहेको भक्तपुरको नगरकोट जाने पिच बाटो छेउको ८ रोपनी जग्गा जमानत राखिएको छ’ विशेष अदालतका रजिष्टार धिरबहादुर चन्दले अनलाइनखबरसँग भन्नुभयो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले परशुरामसहितका ५ डनजिरुद्ध जेठ ५ गते विशेषमा मुद्दा दायर गरेको थियो । एमाले नेता केपी शर्मा ओली निकट मानिएका बस्नेतविरुद्ध विभागले ११ करोड ६१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ विगो दावीसहित मुद्दा हालेको थियो ।

– See more at: http://www.onlinekhabar.com/2013/07/91755/#sthash.n93zLTUa.dpuf

कमेन्टहरु
Loading...