श्रमिक बालबालिकाहरुको वालक्लवको पूर्नगठन

पोखरा, २५ असार/श्रमिक बालबालीकाहरु आवध रहेको पहिलो पाइला पोखरा नगरस्तरीय श्रमिक बाल क्बलको पुर्नगठन भएको छ । पुनर्गठन कार्यक्रममा अध्यक्षमा जाल्पा सम्पर्क केन्द्रका सुरेस थापा रहेका छन् । त्यसै गरि उपाध्यक्षमा वगर सम्पर्क केन्द्रकी माया श्रेष्ठ, सचीवमा महेन्द्रपुल सम्पर्क केन्द्रका वुद्ध लामा, सह–सचिवमा माटेपानी सम्पर्क केन्द्रका सुरेन्द्र परियार र कोषाध्यक्षमा लेकसाइड सम्पर्क केन्द्रकी टिका कुमारी तामाङ्ग रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा जाल्पा सम्पर्क केन्द्रवाट पुष्पराज वि.क., भगवती पनेरु, माटेपानी सम्पर्क केन्द्रवाट प्रनिक्षा राई, दिवस अधिकारी, वगर सम्पर्क केन्द्रवाट मनी वि.क.लक्ष्मी श्रेष्ठ, महेन्द्रपुल सम्पर्क केन्द्रवाट रेजिना तामाङ्ग, पुजा अधिकारी, लेकसाईड सम्पर्क केन्द्रवाट विना श्रेष्ठ, निसान वराल, विरौटा सम्र्पक केन्द्रवाट अप्सरा सापकोटा, रन्जना प्रजा, विक्रम नेपाली, वसपार्क सम्पर्क केन्द्रवाट ममता वि.क., प्रमिला वि.क. रहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित वालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा उपत्यका कास्की भित्र श्रमिक वालवालिकालाई सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले संचालीत ७ वटा श्रमिक वालवालिकाहरुको सम्पर्क केन्द्र बालबालीका क्बलमा छन् ।

कमेन्टहरु
Loading...