चिल्ड्रेन नेपालको वक्तृत्वकला बाराहीकी मनिषा पहिलो

पोखरा, २७ जेठ/चिल्ड्रेन नेपालको आयोजनामा वक्तृत्वकला प्रतियोगीता शनिबार पोखरामा सम्पन्न भएको छ । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित प्रतियोगीतामा बाराही मावि कक्षा १० मा अध्ययनरत मनिषा तामाङ प्रथम बनिन् ।

जनप्रिय माविकी सुनिता कसाई द्धितिय र शर्मीला परियार तृतिय भए । द्धन्द र विपतमा बालबालिकालाई श्रमबाट संरक्षण गरौ भन्ने विषयमा प्रतियोगीता भएको हो । प्रतियोगीतामा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ८० बालबालिकाको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै चिल्ड्रेन नेपालका संस्थापक अध्यक्ष एंव कार्यकारी निर्देशक रामचन्द्र पौडेलले बालबालिका आफै सचेत हुन सकेको खण्डमा बाल श्रम न्युनिकरण हुन सक्ने बताए । कार्यक्रममा रमेश सुवेदी, संगीता गुरुङ र महेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

नेपालमा झण्डै १६ लाख बालबालिका कृषि, घरेलु, भरिया, इटाभट्टा, खानी, चिया पसल र सडकमा जोखिम युक्त काम गरिरहेका छन् । कार्यक्रममा चेलिबेटी बेचविखन र यसको प्रभाव विषयमा अनुशिक्षण समेत गरियो ।

कमेन्टहरु
Loading...