महिला तथा बालवालिका कार्यालयद्धारा संजालका सदस्यहरुस अन्तरक्रिया

पोखरा, २५ असार/महिला तथा बालवालिका कार्यालय कास्कीले आफ्ना मातहतका संजालका सदस्यहरु संग अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । सोमबार आयोजित उतm अन्तरक्रिया कार्यक्रममा सञ्जालका सदस्यहरुले आफुहरुले गर्दै आएको क्रियाकलापको वारेमा जानकारी दिएका थिए । कार्यक्रममा उपस्थित संजालका सदस्यहरुले कास्कीमा महिला तथा वालवालिका क्षेत्रमा हिंसाजन्य क्रियाकलापमा कमी आएको वताए ।

उनीहरुले आफुहरुलाई ब्यवशायीक तालिमको आवश्यतmा रहेको समेत वताए । कार्यक्रममा वोल्दै महिला सीप विकास कार्यालयकी रामकली खड्काले महिला दिदीवहिनीहरुका लागी ब्यवायीक ढंगको शिपमुलक तालिमको आवश्यतmा रहेको वताए । स्थापना कालदेखि आफुहरुले अति विपन्न तथा हिंशामा परेका महिलाहरुलाई विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि ब्यवशायीक सिपमुलक तालिमको आवश्यक रहेको वताइन ।

त्यस्तै महिला अधिकार मञ्च कास्कीकी राधा गौतमले आफुहरुले अहिलेसम्म काम गरेको रिपोर्टको लेखाजोखा नगरेका कारण आफुहरु पछाडि परेको वताइन । उनले भनिन हामीले काम गरेर अर्कै संस्थालाई रिपोर्ट बुझाउदा उनीहरुलाई काममा थप सहयोग परेको वताइन आगामी दिनमा आफुहरुले गरेका सम्पूर्ण कामहरुको रिपोर्ट तयार पारी आफुहरुले महिला बिकास कार्यालयमा प्रतिवेदन वुझाउने गौतमले वताइन ।

कार्यक्रममा वोल्दै महिला तथा बालवालिका कार्यालय कास्कीका कार्यालय प्रमुख पूर्ण श्रेष्ठले हिंसामा परेका महिलाका लागी मुद्धा लड्नका लागी सहयोग पुगोस भन्ने हिसावले जिल्लामा जिल्ला कानुनी सहायता समिति गठन भएको जानकारी गराइन । सहायता समितिले हिंसामा परेका महिलाका लागी कानुनी प्रक्रियामा रहेको महिलाका मुद्धालाई अगाडी बढाउनका लागी निशुल्क परामर्श प्रदान गर्ने र त्यसका लागी कास्कीका ५ वटा गाउ विकास समितिहरुबाट कार्यक्रम शूरु भइुसकेको वताइन ।

श्रेष्ठले भनिन कास्कीको पुन्दीभून्दी, भदोरे,धम्पुस, ढिकुरपोखरी र सल्यान गाविसमा लैङ्गिक हिंसा निवारण कोष अन्तर्गत हिंसामा परेका महिलाहरुका लागी कानुनी प्रक्रियामा सहायता पु¥याउने कामहरु सञ्चालन भइसकेको वताइन ।

 

कमेन्टहरु
Loading...