फेदीपाटनमा खोप केन्द्र भवनको उद्घाटन

पोखरा,२० जेठ / पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ फेदीपाटनमा दुई लाख १९ हजारको लागतमा खोप केन्द्र भवन निर्माण गरिएकोछ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको दुई लाख १० हजार र वांकी स्थानीय जनश्रमपरिचालन गरि सो भवन निर्माण सम्पन्न गरिएको हो ।

वडाअध्यक्ष खगराज आचार्यले आज यहाँ आयोजित एक समारोहविच सो नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा, स्वास्थ्य लागयतका विभिन्न विकास निर्माणमा साझेदारीको खाँचो औल्याउनु भयो । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका खोप कार्यक्रम अधिकृत एकनारायण लम्सालले मातृशिशु सुरक्षाका लागि सरकारको प्रतिव्यक्ति चार हजार ३०० रुपैया खर्च हुने गरेको बताउनु भयो ।

उहाँका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आर्थिक बर्षमा ३१ लाख ५० हजारको लागतमा जिल्लाका विभिन्न स्थानमा १५ वटा खोप केन्द्र भवन निर्माण गरिएको जानकारी दिनुभयो । सो भवन निर्माणपछि दम्सादी,मास्पाटन,फेदीपाटन र खच्र्याङका गर्भवती महिला र वालवालिकालाई सर्वसुलभरुपमा खोप सेवा पुग्ने निर्मल पोखरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा निर्मलपोखरी स्वास्थ्य चौकीका प्रमुख प्रताप पौडेल, संचारकर्मी हरि वास्तोला,समाजसेवी रामचन्द्र पौडेल,फेदीपाटन टोल विकास संस्थाका अध्यक्ष प्रकाश पौडेल, पिपलडाली टोल विकास संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेल, प्रतिमा आमा समुहका अध्यक्ष राधादेवी पौडेल,सिता पौडेल लगायतले बोल्नु भएको थियो । पार्दीखोला युवा क्लवका उपाध्यक्ष सुजन पौडेलले स्वागत गर्नुभएको कार्यक्रम लक्ष्मी देवी शर्माले संचालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...