पोखरा, २१ जेठ/मौलिक गितका गायक चर्चित लोक तथा दोहोरी गायक कुमार पुनका पिता कर्ण प्रसाद पुनको ८९ बर्षको उमेरमा स्वर्गारोहण भएको छ ।
विस १९८५ मा धौलागिरी अञ्चल म्याग्दी जिल्ला वडा न ९ देविस्थान पन्थोकमा जन्मिएका स्व कर्ण प्रसाद पुन हाल पोखरामहानगर पालिका वडा न १५ नयाँ गाउँमा बसोबास गर्दै आएका थिए ।
करिव एक महिना अगाडीदेखि दमको बिरामीवाट ग्रसित पुनको जेठको १६ गते राती ८ बजे आफ्नै निवासमा उनको स्वर्गारोहण भएको हो । स्व पुनका एक छोरा, ३ छोरी,नाति ३ र नातिनी १ रहेका छन् । उनको पार्थिव शरिरमा शनिवार उनका छोरा गायक कुमार पुनले दागबत्ती दिएका थिए ।