पोखरा लेखनाथ महानगर वडा नम्बर १ का अध्यक्ष पराजुली द्धारा पद ग्रहण

पोखरा, १८ जेठ /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ का नव निर्वाचित पदाधिकारीहरुले आफ्नो पद ग्रहण गरेका छन । बुधवार विभिन्न धर्मगुरुहरुको उपस्थितीमा नवनिर्वाचित अध्यक्ष शारदा कुमार पराजुली सहितका पदाधिकारीहरुले पदग्रहण गरेका हुन ।

वडा नम्बर १ का नव निर्वार्चित पदाधिकारीहरुले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ भित्र बसोवास गर्ने गर्भवती महिलालाई दश महिना सम्म प्रति महिना ५ सय प्रदान गर्ने निर्णय गरेको छ । उक्त काम अगामी श्रावणबाट लागु हुने अध्यक्ष शारदा कुमारी पराजुलीले वताइन ।

अध्यक्ष शारदा कुमारी पराजुलीले आफुहरुको पहिलो काम महिलाहरुलाई प्रजनन स्वास्थ्यमा चासो वढाउन र गर्भाअवस्थाको स्याहार सम्बन्धमा नागरिक सचेतना अभिवृद्धी गर्नका लागी गर्भवती महिलाहरुलाई पौष्टिक आहारका लागी प्रति महिना १० महिना सम्म ५०० रुपैया प्रदान गरिने वताइन । यो नियम सम्बन्धित स्वास्थ्य संस्थाबाट मान्यता प्राप्त निवेदनको आधारमा लागु गरिने र आगामी श्रावण महिनाबाट लागु गरिने वताइन ।

अध्यक्ष सहितका पदाधिकारीहरुले वडा नम्बर १ मा रहेका अपांगता भएका ब्याक्ति, दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सेवाग्राहीलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ । साथै उनीहरुलाई सम्मानजनक ब्यवहार गर्नका लागी वडा बासीलाई आब्हान गरिने भएको छ । वडाको बिकासका लागी वडामा रहेका विभिन्न संघ सस्था, क्लव, महिला समुह लगायत सरकारी तथा गैर सरकारी निकाय र विभिन्न राजनैतिक दलहरु संग हातेमालो गरेर अगाडी वढ्ने निर्णय गरेको छ ।

बुधवार अध्यक्ष पराजुली सहित महिला सदस्य प्रेम कुमारी शाही, दलित महिला सदस्य प्रेम देवी परियार, खुल्ला सदस्यहरु रुद्र प्रसाद सुबेदी, र साहारा प्रधानले संयुक्त रुपमा पदभार गहण गरेका थिए ।

कमेन्टहरु
Loading...