फुल चार्ज नगर्नुस फोन

स्मार्टफोन तथा ट्याब्लेट चलाउने मात्र होइन ल्यापटप र सामान्य मोबाइल चलाउनेलाई पनि हैरान पार्ने कुरा भनेको ब्याट्रीको चार्ज हो। चार्ज नटिक्ने अर्थात् छिटो ब्याट्री सकिने समस्याले हैरान हुनुभएको छ भने तपाइँले मोबाइल लगायतका ग्याजेट चार्ज गर्दा ध्यान दिनु आवश्यक छ।

टेक्नोलोजी वेबसाइट गिज्मोडोमा इरिक लिमरले कुनै पनि मोबाइल फोनको ब्याट्रीका लागि शतप्रतिशत चार्ज गरिनु उपयुक्त नहुने दाबी गरेका छन्। उनले मोबाइल फोनको ब्याट्रीलाई फुल चार्ज पनि गर्न नहुने र पुरै चार्ज सकिने गरेर पनि प्रयोग गर्न हुने बताएका छन्।

लिमरले लामो समय सम्म मोबाइलको ब्याट्रीबाट ब्याकअप पाउने हो भने ब्याट्रीलाई ५० प्रतिशत भन्दा कम चार्ज बाँकी हुने गरि प्रयोग गर्न हुँदैन। उनले धेरै लामो समयसम्म वा पुरै चार्ज भइसकेपछि पनि ब्याट्री वा फोनलाई चार्जमा जोडि रहँदा त्यसले ब्याट्रीलाई हानी पुग्ने बताएका छन्।

Battery Power
उनले नयाँ मोबाइल किनेपछि ७२ घण्टा सम्म चार्ज गर्नुपर्छ भन्ने भनाइलाई पनि असान्दर्भिक भनेका छन्। लिमरले यसखालको धारणा निकेल ब्याट्रीकालागि भएकोले आजकलका मोबाइलमा हुने लिओन ब्याट्रीलाई त्यसरी चार्ज गर्नु नपर्ने बताएका छन्। उनले आफ्नो पोस्टमा मोबाइल फोन र ब्याट्रीका लागि ० देखी ३५ डिग्री सेल्सियस बीचको तापक्रम उपयुक्त हुने बताएका छन्। त्यसैले मोबाइल लिनेहरुले मोबाइल फोन प्रयोग हुने वातावरण २२ डिग्रीको आसपासको तापक्रममा हुनुपर्ने उनले बताएका छन्।

के गर्ने ब्याट्री धेरै टिकाउन

शतप्रतिशत अर्थात् फुल चार्ज नगर्ने।

ब्याट्रीको चार्ज पुरै सकिने गरेर नचलाउने। मोबाइलमा २० प्रतिशत जति चार्ज हुँदा नै चार्जर जोडिहाल्ने। धेरैको बानी मोबाइल आफै बन्द नहुँदा सम्म चलाउने हुन्छ।

वायरलेस चार्जरको प्रयोग नगर्ने। वायरलेस चार्जर प्रयोग गर्दा मोबाइल र ब्याट्री तातिरहेको हुन्छ।

मोबाइल र ब्याट्रीलाई तातो चिसोबाट जोगाउने। मोबाइल प्रयोग गर्ने वातावरण २२ देखी २४ डिग्री सेल्सियसको होस्। ० डिग्री भन्दा तलको तापक्रममा पनि नचलाउने। cp.

कमेन्टहरु
Loading...