संविधान सभाको पुनस्थापना माओवादीका लागि शत्ता कब्जाको बाटो सभापति कोइराला

पोखरा, २७ भदौ / नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार नबने सम्म संविधान सभाको पूर्नस्थापना हुनै नसक्ने ठोकुवा गरेका छन् । कोइरालाले अहिलेको अवस्थामा संविधान सभाको पुर्नस्थापना गर्नु भनेको माओवादीका लागि शत्ता कब्जाको बाटो बनाइदीनु भएका कारण अहिलेकै अवस्थामा पुर्नस्थापना हुन नसकक्ने बताए ।

प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालले सहमतिको बाधक भनेको माओवादी र मधेसी मार्चा भएको आरोप लगाए । उनले पुनस्थापना गर्नू थियो भने किन संबिधान सभा भंग गरीयो त्यसकारणले पनि सहमतिको सरकार बनेपछि मात्रै पुनस्थापनाको बिकल्प सोच्न सकिने उनको भनाई थियो ।

माओवादीका झुटा आस्वासनमा प्रति कांग्रेस कहिल्यै पछि नलाग्ने बताउादै उनले माओवादीले कांग्रेसलाई प्रधानमन्त्रिको पद दिदैमा खाने नदिदैमा नखाने होइन भन्दै प्रतिप्रश्न गरे । सभापति कोइरालाले दलहरु बिच सहमति बने एक घण्टा भित्रै कांग्रेसले प्रधानमन्त्रिको उमेदवार दिने बताए । उनले आफु प्रधानमन्त्रि पदका लागि पछि नलागेको वताउदै आवश्यक परेको बेला पार्टिले निर्णय गर्ने बताए । उनले प्रधानमन्त्री पदका लागी कांग्रेसले लोकतन्त्रका माथी सम्झैता नगर्ने बताए ।

कमेन्टहरु
Loading...