६० अरब ग्रहमा जिवनको सम्भावना

वैज्ञानिकहरुले सौर्यमण्डल समेत रहेको आकाशगंगा तारापुञ्जमा जिवनको सम्भावना भएका ग्रहहरुको संख्या ६० अर्ब रहेको बताएका छन् । अमेरिकी अन्तरीक्ष संस्था नासाको केप्लर अन्तरीक्षयानबाट प्राप्त तथ्यांकहरु विश्लेषण गरी खगोलविद्हरुले हरेक रातो ताराको नजिक कम्तिमा पनि एउटा पृथ्वी आकारको ग्रह गरेको बताएका हुन् ।

1

ग्रहहरुमा जिवनको सम्भावना हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको बादलको उपस्थिति रहेको भन्दै वैज्ञानिकहरुले बादलको उपस्थितिका आधारमा ब्रम्हाण्डमा यतिधेरै ग्रहहरुमा जिवनको सम्भावना भएको निष्कर्ष निकालेका हुन् । यसअघि आकाशगंगा तारापुञ्जमा ३० अर्ब ग्रहमा जिवनको सम्भावना रहेको बताइएकोमा पछिल्लोपटक उक्त अनुमानित संख्या दोब्बर पारिएको हो ।

शिकागो विश्वविद्यालय र नर्थवेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार आकाशगंगा तारापुञ्जमा मात्र ६० अरब ग्रहहरुमा जिव बाँच्नसक्ने सम्भावना छ ।

– See more at: http://www.onlinekhabar.com/2013/07/90992/#sthash.3GlZi092.dpuf

कमेन्टहरु
Loading...