नेपालीलाई एकजुट बनाउँदै छन् रामदेव

२४ असार, हरिद्धार (भारत) । योगगुरु स्वामी रामदेवले भारतमा बस्ने नेपाली भाषीलाई एकजुट बनाउने अभियान सुरु गरेका छन् । रामदेवले भारतभरबाट दुईसय बढी नेपाली प्रतिनिधि बोलाएर यसै साता तीनदिने कार्यकर्ता प्रशिक्षण दिइएका छन् ।

ramdevप्रशिक्षणअघि गत मार्च दोस्रो साता रामदेवले एक हजार नेपाली बोलाएर ‘हाम्रो स्वाभिमान’ अभियानको पहिलो राष्ट्रिय सम्मेलन गरेका थिए । सम्मेलनले हरिद्धारमा बस्ने पदमप्रसाद सुवेदीलाई अभियानको राष्ट्रिय अध्यक्ष चुनेको छ ।

रामदेवले चार बर्षअघि भ्रष्टाचार र कुरीतिविरुद्ध थालेको ‘भारत स्वाभिमान’ लाई नेपाली भाषीमाझ ‘हाम्रो स्वाभिमान’ नाम दिइउको हो । यसक्रममा उनले भारतका गोरखा, महाराष्ट्र, असम, पश्चिम बंगाल, उत्तर प्रदेश, उत्तराखण्ड, अरुणाञ्चल, सिक्किम गरी आठ राज्य र दिल्लीमा बस्ने चुनिएका नेपालीलाई हरिद्धार बोलाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

हाम्रो स्वाभिमान पनि ‘भारत स्वाभिमा’ जस्तै एउटा संगठन हो, जसले रामदेवले उठाएका मुद्दालाई समर्थन गर्छ ।

कमेन्टहरु
Loading...