पोखरा ११ जेठ / पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का नव निर्वाचित पदाधिकारीहरुले साबिकको मौजा गाविसको क्षेत्रहरुमा बिजुली बत्ती पु¥याउने आफुहरुको पहिलो काम भएको वताएका छन । बत्ती पुगेको लामो समय भएतापनि साविकको मौजा गाविस मौजा मादेमा अझैपनि १५ घर अन्धकारमा बस्नुपरेको भन्दै १५ घरमा बिजुली जडान गर्ने आफुहरुको पहिलो काम भएको वताए ।
तलब भत्ता नलिइकन जनताको काममा लागीपर्ने भनेर चर्चा बटुलेका अध्यक्षका प्रत्यासी सीम गुरुङले आफ्नो टोलीले वडा नम्बर २० अन्तर्गत पर्ने साविकको मौजा ४ आंटीघर खुमे क्षेत्रमा रहेको हाइटेन्सन लाइनलाई बस्तीबाटपर सार्ने र साबिकको मौजा ५ नम्बर मौजा मादे मा १५ घर धुरी अझैपनि बत्ती पुग्न नसकेकाले उक्त क्षेत्रमा सात वटा पोल तुरुन्त राखेर जनताको घरमा बत्ती पु¥याउने काम आफुहरुको पहिलो काम हुने वताए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० को अध्यक्षमा निर्वाचित भएका वडा अध्यक्षका प्रत्यासी सिम गुरुङको टोली आफ्नो मतदातालाई धन्यबाद ब्यक्त जनताको घरदैलोमा ब्यस्त रहेका छन । वडा नम्बर २० को टिकट पाउना साथ कुनैपनि भत्ता र तलब नलिइकन काम गर्ने भनेर चर्चा बटुलेका अध्यक्ष सिम संगै सदस्य भीम प्रसाद बास्तोला, मोती प्रसाद बास्तोला महिला सदस्य लक्ष्मीदेवी सुवेदी र दलित महिला सदस्य मनबुजा बिक वडा नम्बर २० का जनताको घरदैलोमा ब्यस्त बनेका हुन ।
आफुहरु निर्वाचित भएपछि आफ्नो सम्पूर्ण पदाधिकारीको टोली २० नम्बरको घरदैलो संगै जनतासंग निर्वाचन अघि गरेका प्रतिवद्धतालाई पुरा गर्ने आश्वसनका साथ घरदैलो सम्पन्न गरेको अध्यक्ष गुरुङले वताए । गुरुङले आफ्नो नेतृत्वको टीम चुनाव अघि जस्तै निर्वाचित भइसकेपछि पनि जनताको समस्या बुझ्दै अगाडी वढिसकेको वताउदै अब २० नम्बरको बिकासका लागी अन्य राजनैतिक दलहरुलाइ समेत समेटेर अगाडी वढ्ने वताए ।
गुरुङले त्यसैगरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि विभिन्न योजनाहरु निर्माण गरी अगाडी वढ्ने गुरुङले वताए । आफ्नो टीम मौजा मोहोरिया र भलामको स्थानिय बिचको टीम भएकाले दुवै ठाउको बिकासका लागी आफुहरु लागी पर्ने उनको भनाइ रहेको थियो । गुरुङको टोली भलामको डांडा गाउ र मौजाको लामडांडा र कुरागाउमा रहेको जनताको घरदैलोमा छिट्टै पुग्ने वताए ।