अमेरिकाको बारेमा जानकारी दिन सेमिनार

पोखरा, ११ जेठ/अमेरिकी राजदुतावासको प्रायोजन तथा लर्निङ हाउसको सञ्चालनमा अमेरिकाको बारेमा जानकारी दिने उद्देश्यले एक दिने सेमिनार हुने भएको छ । जेठ १३ गते पोखरामा दरबारथोक वेन्कट हलमा कार्यक्रम हुने भएको छ ।

पोखरामा पहिलो पटक हुने कार्यक्रममा अमेरेकी राजदुतावास प्रतिनिधिहरु, भिसा अधिकृत, युएसइएस सल्लाहकार, अमेरेकीबाट शिक्षा प्राप्त गरेका नेपाली विद्यार्थीहरुले सहभागितसँग अन्तरक्रिया गर्ने छन् । एक दिने निशुल्क सेमिनारमा सहभागिले अग्रेजी भाषा अभ्यास र सबैलाई एक एक गरी सल्लाह दिने कार्यक्रम रहेको लर्निङ हाउसकी सोनी तिलिजाले बताइन् ।

प्रत्यक्ष रुपमा अमेरेकी राजदुतावास र युएसइएफ प्रतिनिधिसँग कुराकानी गर्न, अमेरिकाको नियम विनियमको बारेमा जानकारी प्राप्त गर्न, अमेरेकी शिक्षा सम्बन्धि, भिष प्रक्रिया सम्बन्धी जानकारी प्राप्त गर्न पाउने उनले बताइन् ।

कमेन्टहरु
Loading...