हत्याको अभियोगमा मलेसियामा तीन नेपाली हिरासतमा

रामचन्द्र नेपाल

२३ असार, काठमाण्डौ । तमिल मूलका मलेसियन नागरिकको हत्या अभियोगमा मलेसियामा तीन जना नेपाली र ६ जना वंगलादेशि नागरिक थुनामा परेका छन् । सेलङरमा रहेको डेल्वोएड भेन्चर बरहाद कम्पनीमा कार्यरत सिराहाका मङगल यादब, महोत्तरीका सञ्जयकुमार शाह र रौतहटका बलरामकुमार मण्डललाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

malysiaकम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले दिएको जानकारीअनुसार गएको आईतवार साँझपख ती तामिलले मादक पदार्थ सेवन गरी होस्टलको गेट अगाडि गाडि रोकि श्रमिकहरुलाई वोलाउँदै पिट्न सुरु गरेका थिए । आफ्ना धेरै साथीहरु कुटिएपछि नेपाली श्रमिकहरुले प्रतिकार गरेका थिए ।

घटनाबारे कम्पनीको सुपरभाईजरलाई खवर गरेपछि आक्रमणकारी तमिल पाँच वर्षअघि सोही कम्पनीमा कार्यरत रहेको पत्ता लागेको थियो । सुपरभाईजरले उनकेा घर परिवारलाई सम्पर्क गरी घटनाको वारे जानकारी गराएपछि परिवारका सदस्य आएर उनलाई घर लगेका थिए ।

घर लगेपछि उनको अबस्था गम्भिर भएको र तत्कालै केलाङ अस्पताल पुर्‍याई उपचार थालिएको थियो । उपचार गराईरहेको अवस्थामा सोमवार दिउँसो निजको मृत्यु भएको थियो ।

घटनापश्चात मंगलवार नेपाली श्रमिकरुले नेपाली दुतावासमा खवर गरेका थिए । नेपाली दूतावासले पनि स्थानीय निकायहरुलाई जानकारी गराईसकेको छ । नेपाली दुतावासका कर्मचारी कृष्ण विष्ट कम्पनीमा तथा स्थानिय प्रहरी कार्यालयमा पुगि त्यसक्षेत्रका श्रमिकहरुको सुरक्षा ब्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।

हाल उक्त क्षेत्रमा प्रहरीले सुरक्षा तैनाथी वाक्लो वनाएको छ । प्रहरीले सोहि अभियोगमा विभिन्न व्यक्तिहरुसंग सोधपुछ गरिरहेको छ । स्थानिय प्रहरीले घटनाको छानविन पुरा नहुँदासम्म त्यस कम्पनीमा कार्यरत श्रमिकहरुलाई कम्पनी तथा देश नछाड्न समेत अनुरोध गरेको विष्टले जानकारी गराउनु भयो ।

नेपाली श्रमिकहरुले उक्त ब्यक्तिलाई आफुहरुले कुटपिट नगरेको वताउँदै आएका छन । आफुलाइ कम्पनी आउन जान र बाहिर निस्कन खतरा भएको भन्दै नेपाली श्रमिकहरुले सुरक्षाको व्यवस्था मिलाईदिन समेत सम्वन्धित निकायहरुमा अनुरोध गरेका छन ।

– See more at: http://www.onlinekhabar.com/2013/07/90741/#sthash.N5jNMmeM.dpuf

कमेन्टहरु
Loading...