विमानस्थलमै विमान जलेपछि (फोटो फिचरसहित)

२३ असार, काठमाडौं । अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । जसमा कम्तिमा २ जनाको मृत्यु भएको छ भने दजनौं घाईते भएका छन् ।

plane crash in us 1

दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको बोईङ ७७७ अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । ट्विटरमा पोष्ट गरिएको तस्विरमा यात्रुहरु विमानबाट हामफालेर दौडिरहको र विमानमा आगो लागेको देखाइएको छ ।

विमानमा २ सय ९१ यात्रु र १६ चालक दलका सदस्य थिए । यात्रुहरुमा १ सय ४१ चिनियाँ, ७७ दक्षिण कोरियाली र ६१ अमेरिकी नागरिक थिए । उनीहरुमध्ये १ सय ९० जनालाई सकुशल उद्दार गरिएको छ धो ४९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रारम्भीक अनुसन्धान अनुसार विमानस्थलको बारमा ठोक्किएर विमान दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अहिले सम्म खुल्न नसकेको बीबीसीले जनाएको छ ।  jet crash in us

jet crash in us 2

 

– See more at: http://www.onlinekhabar.com/2013/07/90756/#sthash.JdavPkuc.dpuf

कमेन्टहरु
Loading...