प्रहरी सहायक निरीक्षक रुद्ध बहादुर मल्लको निधन

पोखरा ८ बैशाख/जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की अन्तर्गत पोखरा लेखनाथ वडानं ३० गगन गौंडामा कार्यरत अत्यन्त मिलनसार,इमान्दार,निष्ठावान प्रहरी अधिकृत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर मल्लको आइतबार अकल्पनिय रुपमा निधन भएको छ ।

३८ बर्षिय स्वर्गीय मल्ल सवैको प्रिय प्रहरीको रुपमा परिचित हुनुहुन्थौ ।पोखरा स्थित फिष्टेल अस्पतालमा उपचारको क्रममा मल्लको निधन भएको हो । पर्वतको तिलाहार जन्मघर भई हाल पोखरा लेखनाथ २९ पुल्चोक निबासी मल्लको श्रीमती नाबालको ९ बर्षिय एक छोरा र ६ बर्षिय र ३ बर्षिय २ छोरी रहेका छन् । स्वर्गीय मल्लका ८८ बर्षिय बुवा र ८० बर्षिय मुवा हुनुहुन्छ । मल्लको सोमबार आज पोखरा लेखनाथ २९को मदौरेघाटमा अन्तिम संस्कार गरिएको छ ।

मल्ल लाई अन्तिम श्रदाञ्जली अर्पण गर्न सयौं मानिसहरु जम्मा भएका थिए । बालवाला प्रहरी भएकोले प्रहरीको टुकडीले सलामी अपर्णण गरेको थियो । मल्लको अन्तिम सस्कारको लागि घर देखि मदौरेघाटमा शबयात्रामा सयौले अश्रुधारा सहित सहभागी भएका थिए ।

सवैको प्रिय र सामाजिक कार्यमा पनि सक्रिय मल्लको मृत्युको खबरले आफुहरु मर्माहित र स्तब्ध भएको स्थानीयको भनाई रहेको छ । सामाजिक काममा पनि सक्रिय मल्लले डाँडाको नाकमा रहेको प्रहरी चौकी निर्माणमा पनि ठुलो सहयोग पु¥याउनु भएको थियो । मल्लको निधनले अहिले पुलचोक उहाँ कार्यरत गगनगौडा सोकमा डुबेको छ ।

कमेन्टहरु
Loading...