कान्छि प्रतियोगी बाहिरिईन्

पोखरा, २३ असार/कुल सात सय ७० जना गायन प्रतिभा । धेरैजसो संगीत सम्बन्धि उल्लेख्य ज्ञान हासिल गरेकै हुन् । संगीत अध्ययन गरेर आफुलाई बलियो प्रतिस्पर्धीको रुपमा युवापुस्ताको बाक्लो उपस्थिती थियो, सामसुङ ग्यालेक्सी विग आईकनको चौथो सँस्करणमा । तर प्रतियोगितामा एउटी आठ वर्षिया बालिकाले आफ्नो अचम्मको ‘भुँईफोरुवा’ प्रतिभा देखाईन् । संगीतसम्बन्धि प्रशस्तै ज्ञान हासिल गरेका प्रतिभाहरुलाई पनि उनले पन्छाउँदै आईन् । तर उत्कृष्ट ७ भन्दा अगाडी भने जान सकिनन् ।

IMG_0306उनी अर्थात आठ वर्षिया गायन प्रतिभा प्रशान्ती राई । पोखराकै प्रस्याङमा उनी बस्छिन् । ४८ जिल्लाका सात सय ७० जनामध्येबाट छानिँदै उत्कृष्ट सातसम्मको यात्रा तय गर्दा उनी धेरैजनाको प्रशंसाको पात्र बनिन् । र, उनको बालप्रतिभालाई प्रशंसा प्राय सबैले गरिरहेकै छन् । ‘मेरी सानी छोरीले ठुला र प्रतिभावान गायकगायिकाहरुमाझ उत्कृष्ट सातसम्मको यात्रा तय गर्नु नै ठुलो उपलब्धि हो ।’ शनिबार प्रशान्ती राई प्रतियोगिताबाट बाहिरिँदै गर्दा उनका बुवा निर्मल राईले भने–‘छोरीलाई प्रतिभा देखाउने उत्कृष्ट मञ्च दिएकोमा विग एफएमलाई पनि धेरै धन्यवाद ।’

प्रतियोगिताबाट बाहिरिएपछि आठ वर्षिया प्रशान्ती राईले आँखाबाट आँशु झारिरहिन् र उनको वक फुटेन । प्रतियोगिताबाट बाहिरिने क्रममा हरेक प्रतिस्पर्धीले आफ्नो प्रस्तुती राख्नुपर्ने भएपनि आठ वर्षिया राईलाई भने अप्ठेरो प¥यो । गाउन नसकेपछि अन्ततः मञ्चबाट बुवा निर्मल राईले काखमा लिएर गए । आठ वर्षियका सानी बालिकाको अपत्यारिलो प्रतिभाबाट प्रेरित भएर प्रतियोगिताको मुख्य प्रायोजक सामसुङ ग्यालेक्सी ग्राण्डका आधिकारिक विक्रेता ईन्टरनेशनल मार्केटिङ सर्भिसका प्रेसिडेन्टले उनलाई फाईनलका दिन ग्यालेक्सी स्टार मोबाईल दिने घोषणा गरे । विग एफएमले यस्ता प्रतिभालाई मञ्च दिएर उनीहरुलाई प्रस्फुटित हुने मौका दिएकै कारण आफुहरु वर्षेनी प्रतियोगिताको प्रायोजन गर्दै आएको उनले बताए । विग आईकनसंग आगामी सँस्करणहरुमा पनि सहकार्य हुने उनले प्रतिबद्धता जनाए ।

शनिबार प्रतियोगितामा आईएमएसका मार्केटिङ म्यानेजर पुस्कल खतिवडा, गायक तथा संगीतकार शैलेस सिंह र संगीत प्रशिक्षण नवराज बरालको विशेष उपस्थिती रहेको थियो । प्रतियोगितामा शनिबार संगीतकर्मी मितु पल गेस्ट निर्णायकको रुपमा उपस्थित थिईन् । सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको निर्णायकहरुमा संगीतकर्मी सुनील थापा र विनोद बाँनिया रहेका छन् ।

एसएमएस भोटिङका लागी उत्कृष्ट १० मा पर्ने प्रतिस्पर्धीहरु लक्ष्मी थापालाई भोट गर्न मोबाईलको मेसेज बक्समा गई द्यष्न?क्उबअभ श्रीत्, अनिता गुरुङलाई भोट गर्न द्यष्न?क्उबअभश्रब्न्, सुरज थापा मगरलाई भोट गर्न द्यष्न?क्उबअभ श्र क्त्, रबिन न्यौपानेलाई भोट गर्न द्यष्न?क्उबअभ श्रच्ल्, मिलन गुरुङलाई भोट गर्न द्यष्न?क्उबअभश्र ःन् र मुस्कान रानाभाटलाई भोट गर्न द्यष्न?क्उबअभ श्रःच् टाईप गरेर ४३२१ म सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ । चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ ।

उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका छन् । विग आईकनमा रिदम ब्याण्डले अफिसियल ब्याण्ड पार्टनरको रुपमा सहयोग गरिरहेको छ ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तो रमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका छन् ।

 

कमेन्टहरु
Loading...