ल्वाङघलेलबासीद्वारा झरनालाई अभिनन्दन गर्ने

पोखरा, २२ असार/पल्सर वर्ष खेलाडी २०६९ को उपाधिबाट सम्मानित उसु खेलाडी झरना गुरुङलाई ल्वाङघललेबासीले अभिनन्दन गर्ने भएका छन् । स्थानीय मर्दीखोला युवा क्लबको शनिबार सम्पन्न बैठककले आउँदो साउन ५ गते गाउँमा नै विशेष कार्यक्रमको आयोजना गरी उसु खेलाडी झरनालाई अभिनन्दन गर्ने निर्णय गरेको हो ।

ल्वाङघलेल गाविस वडा नं ४ मा जन्मिएकी गुरुङले राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा ख्याति कमाएको भन्दै सम्पूर्ण गाउँबासीका तर्फबाट उनलाई अभिनन्दन गर्ने निर्णय गरिएको मर्दीखोला युवा क्लबका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...