भोली देखि पोखरामा चित्रकला प्रदर्शनी

पोखरा, २२ असार/पोखरामा भोलिदेखि ‘प्रकृतिका रङहरु’ चित्रकला प्रदर्शनी हुने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको आयोजनामा पोखराको पी.एस.एम. आर्ट ग्यालरी महेन्द्रपुलमा हुने प्रदर्शनी पाँच दिनसम्म जारी रहने बताईएको छ ।

प्रदर्शनीमा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘संरक्षण चित्रकला यात्रा–२०७०’ मा सिर्जित १४ जना कलाकारहरुको चित्रहरु प्रदर्शनीमा राखिने कार्यक्रम संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कलाकारहरु दुर्गा वराल ‘वात्सायन’, गोपाल श्रेष्ठ, रमेश श्रेष्ठ, सूर्य वराईली, पदम घले, मनोज तामाङ, डिवी गुरुङ, झविन्द्र गुरुङ, थमनसिं सुनार, गोपाल दराई, एन.वी गुरुङ, ईशान परियार, विश्वराज पराजुली र जगत पुनले धम्पुस, माछापुच्छ्रे र मिर्सा गाउँमा गएर बनाएका चित्रहरु प्रदर्शनीमा राखिने छन् । कार्यक्रमको सहयोगी संस्थाको रुपमा पोखरा वाटरकलर सोसाइटी रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...