मृगौलापिडित भूश्रीलाई प्ये ल्हु संघ कुवेतबाट पुनः सहयोग

पोखरा, २२ असार /कास्की थुमाकोडाँडा वडा नम्वर ३ याङ्जाकोट निवासी मृगौलापिडित भूश्री तमूको मृगौला प्रत्यारोपणका लागी तमू प्ये ल्हु संघ कुवेत शाखाबाट पुनः सहयोग प्राप्त भएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा कुवेत शाखाका प्रतिनिधि जिवन ङोर तमूले कुवेतमा गोपाल प्ल्हेँ तमूको संयोजकत्वमा संकलित ६७ हजार ९५ रुपैया पिडित भूश्रीलाई हस्तान्तरण गरे ।

यसअघि पनि कुवेत शाखाबाट पिडित भूश्रीलाई २ लाख ८ सय ८८ रुपैया सहयोग गरेको छ । यसैगरी समाजिक संजाल फेसबुकमार्फत संचारकर्मी देवीजंग तमूको सक्रियतामा संकलित ११ हजार ५० रुपैयाँ केन्द«का प्ये छ्या संकलन संयोजक लेफ्नेन्ट इन्द« वहादुर केप्छै तमूमार्फत पिडित भूश्रीलाई हस्तान्तरण गरे । संचारकर्मी तमूलाई क्यानडामा अध्ययनरत रविन च्हमु्र तमूले ८ हजार ९ सय ४० रुपैया, नवलपरासीबाट सानु तमूले १ हजार १ सय ११ रुपैया र युवा पच्यु चिवा पोल वहादुर क्रोम्छै तमूले १ हजार पिडित भूश्रीलाई सहयोग गरेका थिए ।

०६९ साल पौष महिनामा काठमाडौँमा स्वस्थ्य परिक्षणको क्रममा मृगौलामा खराब देखिएका ४१ वर्षिया भूश्रीलाई सहयोग गर्न चाहनुहुनेहरुले हिमाली बैँक न्युरोड पोखराको खाता नम्वर ०१६०४३२८९९००१२ मा जम्मा गर्न सकिने उहाँका श्रीमान् सूर्य तमूले जानकारी दिए ।

कमेन्टहरु
Loading...