भारतीय शहरमा चलिए पोखरा (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, २२ असार/नेपालको पर्यटकीय शहर पोखरा लगायत अन्य गन्तब्यमा समेत भारतीय पर्यटक भित्राउने उद्देश्यसाथ भारतका केही शहरमा चलिए पोखरा अभियानको प्रचार गरिएको छ । पोखराबाट पर्यटन ब्यवसायीहरुले भारतको वनारस, इलाहावाद, फैजावादमा कार्यक्रम गरी पोखरा तथा नेपालबारे जानकारी दिदै भारतीय पर्यटकलाई निम्तो दिए । नेपाल पर्यटन बोर्डको सहयोगमा पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल नजिकै रहेका र अत्याधिक पर्यटक भित्राउन सकिने संभावना रहेका यी शहरमा अभियान चलाएको हो ।

chaliye pokhara_100%_WMV V8

बनारस होटल संघका अध्यक्ष देवेन्द्रनारायण सिंहले नेपाल तथा पोखरा जानका लागि यस्तो अभियानले ढोका खोलेको भन्दै खुशी ब्यक्त गरे । ‘नेपाल र नेपालीको आतिथ्यलाई प्रशंशा गर्छु’, सिंहले भने, ‘पोखराबारे जान्ने मौका मिल्यो । यस्तो अभियानलाई निरन्तरता दिनुस् । हामी पर्यटकलाई जान आब्हान गर्ने बताए ।

यी स्थानका होटल ब्यवसायी, ट्राभल्स एण्ड टुर्स संचालक लगायत पर्यटनसंग आबद्ध ब्यवसायी तथा संचारकर्मीबीच अन्तरक्रिया र पत्रकार सम्मेलन गरेको थियो । पोखरा किन भ्रमण गर्ने भन्ने विषयबस्तु समेटेर बनाईएको बृत्तचित्र, पर्यटन बोर्डले बनाएको नेपालबारेको बिस्तृत जानकारी समेटिएको दृश्यसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

संघ र बोर्डले गत बर्षदेखि बढी भन्दाबढी भारतीय पर्यटकलाई नेपाल र पोखरामा भित्राउने लक्ष्यसाथ थालेको चलिए पोखरा अभियानलाई यसबर्ष पनि निरन्तरता दिईएको हो । अभियानले पोखरालगायत चितवन र काठमाण्डौका शहरहरुमा भारतीय पर्यटक भित्रिउन सफल भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्माले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी सदस्य बासु त्रिपाठीले, बोर्डका प्रतिनिधि गोविन्दराज वलीले लगाएतले पोखरा तथा नेपाल घुम्नकालागि उपयुक्त स्थान रहेको भन्दै हिमालको चिसो हावामा रमाउनकालागि नेपाल आउन अनुरोध गरेका थिए । गतवर्ष पनि संघले भारतका तीन ठूला शहर– गोरखपुर, लखनउ र कानपुरमा चलिए पोखरा अभियान सन्चालन गरेका थियो ।

 

कमेन्टहरु
Loading...