दवावमुलक कार्यक्रम ल्याउन संघ संस्थाको आग्रह

पोखरा, २५ भदौ/ पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पुरागरी काम थाल्नको लागि सरकारले मागेकोे समय अवधि चार दिन बाँकी रहदाँ पोखरा र यस आसपासका जनताहरु जागरुक भएका छन् ।

यसै बिषयमा सरोकार समितिले सोमबार आज पोखरा उद्योग बाणिज्य संघको अमृतकक्षमा आयोजना गरेको बिभिन्न संघ संस्थाहरुसंगको छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले समितिले तल्लोस्तरबाट केन्द्रसम्म सरकारलाई दवाव दिन आन्दोलनलाई सशस्त पारेर अगाडी लैजान सुझाव दिएका छन । उनीहरुले आन्दोलनलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गराई विकासे आन्दोलनमा केन्द्रीयत गरी अगाडी लैजान सुझाव दिदै आन्दोलनलाई सफल पार्न आफुहरुले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताएका हुन ।

रोटरी क्लबका एसीष्टेन गभर्रनर ऋषि सापकोटाले पोखरामा अत्याधुनिक प्रविधिको विमानास्थल बनाउनु पर्ने बताउदै काठमाण्डौमा केहि व्यतिmहरुले प्राविधिक रुपमा पोखरामा विमानस्थल बनाउन नहुने हल्ला मच्चाएकोले त्यसको बिरुद्ध पश्चिमेलीवासी एक भएर लाग्नु पर्ने बताउनु भयो । पोखरा जेसिजका अध्यक्ष शन्तोस पोखरेलले आन्दोलन हाक्ने नेतृत्व कर्ताले आन्दोलनलाई एक सुक्रिय माग पुरा गराउने तर्फ उद्धत गराउने प्रकारको हुनु पर्ने बताउदै राजनैतिककरण गर्न नहुने बताउनु भयो ।

लायन्स क्लब फिस्टेलका बजीरमान श्रेष्ठले सरकारले दिएको सिमाअवधिमा पोखरा सविमानस्थल बन्ने पक्कापक्की नभएमा चिनीया सरकारले दिएको बाँकी पाँच दिनसम्म पश्चिमाञ्चल नै ठप्प पार्नु पर्ने बताउनु भयो । मिट टाउन रोटरी क्लबका केशव आचार्यले एक आपसमा आरोप प्रत्यारोप लगाउने समय नभएको बताउदै यो अबस्थामा सवै राजनैतिक दललाई विकासे कार्यक्रममा प्रतिवद्धता गराएर अघि बढ्नु पर्ने बताउनु भयो ।

सरोकार समितिका सदस्य विश्वशंकर पालिखेले जग्गा र पैसा भएको अबस्थामा सरकारको ईच्छाशक्ति कमी भएकोले पोखरामा विमानस्थल निमार्णको काम अन्यौलमा परेकोले बताउनु भयो । उहाँले पोखरा विमानस्थल निमार्णको लागि आफुले २०४६ सालबाट बिभिनन् काजपत्रहरु बोकेर हिडेको भए पनि पोखरा विमानस्थल बन्ने बल्ल समय आएकोले यो समयमा पनि नबनेमा अब आफ्नो पालामा नबन्ने ठोकुवा गर्नु भयो । सरोकार समितिले आन्दोलनलाई कसरी अगाडी बढाएको छ सोको बारेमा प्रष्ट पार्दैै विमानस्थल निमार्णको बारेमा जानकारी गराउनु भएको थियो । सरकोकार समितिका सदस्य एवम संघ संस्था परिचालन उपसमिति संयोजक टिकाराम सापकोटाको संयोजनका भएको उक्त कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैगरी सामेबार नै पोखरमा रहेको विभिन्न महिला समुहसँग पनि छलफल गरिएको छ । छलफलमा राजनीतिक पुर्वाग्रह नराखी आन्दोलनमा सहभागि हुनेपर्ने औल्याएको छ । उनीहरुले स्थानीयस्तरबाट नै दवाव कार्यक्रममा सर्वसाधरणलाई सहभागि बनाउने गरी प्रचार प्रसारलाई व्यापक गसराउनुपर्ने सुझाव दिएका छिन् । अन्तरक्रियामा महिला समन्वय समिति संयोजक सुनयना पाखिलले राजनीतिक पुर्वाग्रह नराखी हाम्रो आन्दोलन हो भन भावना लिनुपर्ने बताउनु भयो । दुर्गादेवी पौडेलले भावी सन्ततीको लागि आफुहरु ज्यान दिन तयार रहेको बताउनु भयो र सरोकार समितिका सदस्य संजीवबहादुर कोइरालाले विमानस्थल निर्माणमा भएको प्रगति बारेमा जानकारी गराउनु भएको थियो ।

सोमबार नै जनजाती, मानवअधिकारकर्मीसँग पनि छलफल गरिएको छ । अन्तरक्रियामा बोल्न अधिकाशं बक्ताहरुले दवाव आन्दोलनमा पुर्ण सर्मथन रहेको बताउँदै निर्णायक आन्दोलन गर्नुपर्ने औल्याएका छन् । आदीवासी जनजाती महासंघका कास्कीका अध्यक्ष पानबहादुर घर्ती आन्दोलनमा पुर्ण समर्थन रहेको बताउँदै आन्दोलनलाई सफल पारी छाड्नुपर्ने बताउनु भयो ।
तमुवान यूथ भोलेण्टियर्सका अध्यक्ष कृणाकुमार गुरुङले आन्दोलन वारकी पारको हुनुपर्ने बताउनु भयो । शान्तिको लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले पश्चिमाञ्चमा बासीको भविश्य जोडिएको परियोजनलाई आन्दोलनकै बलमा भएपनि सफल बनाउनु पर्ने बताउनु भयो । सरोकार समितिका सदस्य विश्वशंकर पाखिले, बासु त्रिपाठीले अहिले सम्म विमानस्थलमा भएको प्रगतिको बारेमा तथा आन्दोलनको भावी कार्यक्रमको बारेमा चर्चा गर्नु भएको थियो ।

पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नेको लागि १५ दिन समय मागेपछि विमानस्लल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन स्थगित गरिएको थियो । ऋणदाता चिनेको एक्जिम बैंकले सेप्टेम्बर २० भित्र सम्झौत गर्न भनेकोले त्यो भित्र नै प्रक्रिया पुरा गराउन दवाव दिन आन्दोलनको तयारी गरिएको हो ।

कमेन्टहरु
Loading...