झरना पोखरेली द्धारा अभिनन्दित, खेल जिवनमा प्रेरणा मिलेको दावी

पोखरा २२ असार/पपुलर प्येयर अफ द इयरको उपाधि जित्न सफल पोखरेली चेली झरना गुरुङलाई पोखरेलीहरुले अभिनन्दन गरेका छन । खेलकुद पत्रकार मञ्चले वर्षेनि प्रदान गरिदै आएको लोकप्रिया पल्सर वर्ष खेलाडि झरनाले हात पारे पछि झरना सहयोग समितिको आयोजनामा शनिबार अभिनन्दन गरेको हो ।

अभिनन्दन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले यस्ता उपाधिले खेलाडिहरुको मनोबल बढाउने बताउनुभयो । उहाँले खेलकुद पत्रकारले वर्षेनी रुपमा उपाधि वितारण गरेर खेलाडिहरुको सम्मान गरेको समेत बताउनुभयो । खेलाडि देश कै गहना रहेको दावी गर्दै देशले खेलाडिलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । कोइरालाले झरनाले सम्पुर्ण पोखरेली तथा देशलाई विश्व सामु चिनाउन सफल भएकोमा धन्यावाद समेत दिनुभयो ।

अभिनन्दित हुदै झरना गुरुङले आफूँले सम्पुर्ण देश तथा विदेशमा रहेका नेपालीहरुको माया पाएको भन्दै यो अभिनन्दनले अगाडि बढ्ने प्रेरणा मिलेको बताउनुभयो । उहाँले सम्पुर्ण पोखरेलीहरुको सहयोगले उपाधि दिलाएको भन्दै आफूँले पाएको उपाधि पोखरेलीलाई सुम्पीने दावी गर्नुभयो । मेरो जित नै सम्पुर्ण पोखरेलीको जित हो, पोखरेलीहरुको सहयोगले नै आज यो उपाधि हात पारेको हुँ उहाँले भन्नुभयो। उपाधि संगै आफुँमा चुनौति थपिएको बताउदै यसलाई पुरा गर्न सधैँ तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा झरना सहयोग समितिका सल्लाहकार तथा समाजसेवि देवेन्द्र शेरचनले पोखरेलीहरुको सहयोगले नै वर्षेनी उपाधि हात पार्दै आएको दावी गर्नुभयो । उहाँले यसले पोखरालाई खेल क्षेत्रबाट चिनाउन ठुलो सहयोग पुगेको बताउनुभयो । सहयोग समितिका संयोजक खगेन्द्र गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कोइराला र सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका नेता, खेलकुद संग अवद्ध विभिन्न संघसंस्था, पत्रकार, समाजीक संघसंस्था, खेल प्रशिक्षक तथा पोखरेलीहरुले अभिनन्दन पत्र र खादाले अभिनन्दन गरेका थिए ।

कार्यक्रम सहयोग समितिका सचिव भुपाल गुरुङले संचालन गर्नुभएको थियो । समितिले अभिनन्दन कार्यक्रम पुर्व उत्सव ¥याली समेत निकालेको थियो । ¥यालीमा सम्पुर्ण क्षेत्रका व्यक्ति तथा खेल प्रेमी समर्थकहरुको सहभागीता थियो । उत्सव ¥याली पोखरा रंगशाला गेट देखी शुरु भइ पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा हुदै न्युरोडमा पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो ।

 

 

कमेन्टहरु
Loading...