राष्ट्रिय मानव अधिकार आयोगको बन्द फिर्ता लिन आग्रह

पोखरा, ३० बैशाख/राष्ट्रिय मानवअधिकार आयोगले नेपाल बन्द फिर्ता लिन आग्रह गरेको छ । आयोगका सदस्य सुदीप पाठकले आज एक प्रेस विज्ञप्ती निकाल्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आज आयोजना गरेको नेपाल बन्द फिर्ता लिन आग्रह गरेका हुन् ।

निर्वाचनलाई प्रभावित पार्नेगरी बन्द हड्ताल आयोजना नगर्न गरेको आग्रहलाई पुनःस्मरण गराउँदै आयोगले नेपाल कम्युनिष्ट पार्टीलाई आम नागरिकको मानवअधिकार र मताधिकारको सम्मान गर्न आग्रह समेत गरेको छ ।

बन्दका कारण विभिन्न जिल्लाहरुमा सार्वजनिक यातायात सञ्चालनमा अवरोध उत्पन्न भई आम नागरिकमा स्वतन्त्रपूर्वक आवतजावत गर्ने अधिकारमा अवरोध पुगेको, स्वदेशी तथा विदेशी यात्रुहरु बिचल्लीमा परी कष्ट भापेग्नुपरेको र मतदान गर्ने अधिकारबाट समेत बञ्चित हुने अवस्था सिर्जना भएकाले यथाशिघ्र बन्द फिर्ता लिन विज्ञप्तीमा माग गरिएको छ ।

आयोगले निर्वाचन हुने क्षेत्र प्रदेश नम्बर ४ अन्तर्गतका जिल्लाहरुमा टोली खटाएर अनुगमन गरिरहेको जनाएको छ । साथै उसले निर्वाचनमा अवरोध पु¥याउन भएका घट्नाहरुमा संलग्न रहेको भन्दै स्थानिय प्रशासनले केही व्यक्ति पक्राउ गरी हिरासतमा राखेकाहरुको पनि अनुगमन गरेको बताएको छ ।

कमेन्टहरु
Loading...