पोखरमा गन्र्धव सम्मेलन, सङकटमा सारङ्गी

सागर राज तिमिल्सिना
पोखरा, २१ असार/गाँउ–गाँउमा पुगेर सारङ्गीका र अर्बाजोको धुन मार्फत लोक संस्कृतिलाई संरक्षण गरेका गन्र्धव जातीहरुको पेशा अहिले सङकटमा पर्न थालेको छ । गन्र्धव जातीले बजाउने बाजालाई आधुनिक जमानामा परिमाजन गर्न नसक्दाँ पनि सारङ्गी र अर्वबाजोको धुन लोप हुँदै गएको छ । गन्र्धव जातीले आफ्नो पेशाबाट जीवीकोे पार्जनका लागी अर्बाजो र सारङ्गी बजाएर गित गाउँदा धेरै श्रोताहरुको मन जीतेका थिए । र त्यसैले जिवन यापन गर्दै आएका थिए ।

Mainkhabar-sarangiबाजाको संरक्षण, संम्धन र प्रर्वद्धन गर्न नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाण्डौंको आयोजना र पोख्रेली युवा साँस्कृतिक परिवारको संयोजनमा शुक्रबार देखि पोखरामा गन्र्धव गुञ्जन सङ्गीत उत्सव सुरु भएको छ । उत्सवको नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अमर गुरुङले उद्घाटन गरे । विगतमा आफ्नो जीवन निभाहा गर्न गाँउ–गाँउमा पुगी दुःखसुखका सारङ्गीको धुनमा गीत गाएर जिवन निवार्ह गरे पनि पछिल्लो समयमा जिवन धान्न कठिन भएको कृष्ण गन्र्धवले बताए ।

गन्र्धवहरुलाई पछिल्लो समयमा सारङ्गी दाई भनेर समेत चिनिने गरिन्थ्यो । नेपालमा करिब ६ हजार ७ सय ९१ जना गन्र्धव भए पनि नयाँ पिडि यो पेशालाई अगाडि नबढाउदा विस्तारै लोप हुदै गएको छ । यो बाजाबाट जीविको पार्जन गर्न कठिनाई भएपछि गन्र्धव जातीहरुले विस्तारै पेशा छोड्दै जानु चिन्ताको विषय भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब आवासले बताए । उनले गन्र्धवहरुका समस्या र सारङ्गीको संरक्षणका लागी गर्न सकिने विषयमा छलफल गरी सरकारलाई बुझाउने बताए ।

कार्यक्रममा प्रज्ञा सरुभक्त श्रेष्ठ, सदस्य सचिव नेपाल नाट्य सङगीत समितिका आभाष, रामकृष्ण दवाल लगायतले सारङ्गीको प्राविधिक रुपमा आधुनीकी करण गरी भए पनि संरक्षण गर्नु पर्ने बताए । कार्यक्रममा २२ जिल्लाका ५० भन्दा बढी गन्र्धवहरुको सहभागीता रहेको छ । कार्यक्रमले गन्र्धव जातीले बजाउने सारङ्गी र अर्वबाजोलाई राज्यले कसरी संरक्षण गर्न सकिन्छ भन्ने बारेमा पोखरा दुई दिन सम्म छलफल हुने छ । दुई वटा कार्यक्रपत्र माथी छलफल हुने सदस्य सचिब आवासले बताए । गन्र्धवहरुले मालसिरि, मंगल, निगुण, कर्खा, सिर मै रानी, लगायतका धुन सारङ्गीबाट निकालेर गित गाउने गर्दछन् ।

कमेन्टहरु
Loading...