संचारिका लेखमाला पोखराबाट प्रकाशन हुने

कृपा भण्डारी
पोखरा, २२ असार/महिला पत्रकारहरुको साझा संस्था संचारिका समुह नेपालले यसमहिनादेखी संचारिका लेखमाला पोखराबाट संचालन गर्ने भएको छ । महिला विभेद सम्बन्धि लेख, फिचरहरु समावेश गरिने सो लेखमाला प्रकाशनको जिम्मा संचारिका पश्चिमान्चलले पाएको छ ।

लेखमाला ६ महिनासम्म पोखराबाट संचालन गरिने संचारीका पश्चिमान्चका अध्यक्ष बसन्ती बाँस्तोलाले बताईन् । महिला विभेद, हिँसाका विषयलाई लिएर तयार पारिएको विषयवस्तु लेखमालामा समावेश गरिने भएकाले पश्चिमान्चलका सम्पुर्ण पत्रकार तथा संचारकर्मीलाई आफना फिचर न्युज [email protected] मा प्रेशित गर्न आब्हान समेत गरिएको छ ।

कमेन्टहरु
Loading...