लेखनाथको विकासका बारेमा चर्चा

पोखरा, २० असार/सात तालको शहर नगरपालिकालाई सुविधासंपन्न बनाउन र पर्यटकिय गनतव्यकोरुपमा विकास गर्नुपर्नेमा स्थानियबासीदेखि सचिवसम्मले जोड दिए । लेखनाथ उद्योगबाणिज्य संघको १७ औ वार्षिकउत्सवमा भाग लिन आएका जल तथा उर्जा आयोगका सचिव डाक्टर कृष्णचन्द्र पौडेलले यहा“को सुन्दरता र आफ्नो गाउ“ आफै बनाउ“ भन्ने भावना स्थानियमा रहेकोले सवै कुरा मिलाएर विकासमा अघि बढ्न सुझाव दिए ।

लेखनाथ र पोखरामा संगहलय, चिडियाघर र ताललाई रामसार सुचिमा पार्नपर्नेमा जोड दिए । उनले भने ‘लेखनाथ र कवि शिरोमणि लेखनाथ पौड्लको जन्मस्थल भएकोले साहित्यकेन्द्रकोरुपमा विकास गर्नमा हामी लाग्नुपर्छ ।’ यहा“को विकासमा राजनितिक एकता रहेको बताउ“दै पौडेलले गाउ“ र नगरको संवन्धलाई ख्याल गरेर लैजान सुझाव दिए । त्यसै गरी उर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले कास्कीलाई शैक्षिक र स्वास्थ्यको गनतव्यस“गै उर्जामा विकास गर्नपर्नेमा जोड दिए । उनले भने ‘यस नगरलाई सफा र सुन्दर राख्न दलाल प्लानिङ रोक्नुपर्छ ।’

नगरको विकासलाई लिएर लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत जिवन ज्ञवालीले ‘यहा“को संभावना र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । लेखनाथ उद्योगबाणिज्य संघले लेखनाथ क्षेत्रका तिन सचिवलाई कार्यक्रममा उपस्थिती गराएको थियो । यहि मौका छोपेर जन्मस्थललाई सहयोग गर्ने प्रतिवद्धता सचिवहरुले दिए ।

तिनैमा थिए विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सोमलाल सुवेदी । उनले सार्वजनिक संपत्तीको तथ्याङक राख्नुपर्ने र जग्गा अतिक्रमण हुनबाट बचाउनपर्ने बताए । भने ‘यहा“का सामान्य कुरा नगरपालिकाले हेरोस हामी हाम्रो तर्फबाट सहयोग गर्नेछौ ।’

 

कमेन्टहरु
Loading...