पोखरा ल्याउदै गरेको मृत मृग सहित दुई जना प्रक्राउ

पोखरा, १५ वैशाख /कास्की प्रहरीले मृग सहित दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ । माछापुच्छे गाउँपालिकाबाट पोखरा ल्याउदै गरेको मृत मृग सहित पोखरा लेखनाथ महानगरपालिका १९ बाट दुई जना प्रक्राउ गरेको हो ।

पोखरा ८ बस्ने जिवन गुरुङ र पोखरा ३ विकास गुरुङलाई प्रहरीलाई पक्राउ गरेको हो । उनीहरुले बा१७च २८५८ नम्बरको जिपमा लुकाइ छिपाई पोखरा ल्याउदै गर्दा प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीले उनीहरुको कार्वाहीका लागि जिल्ला वन कार्यालय कास्कीमा पठाएको छ ।

कमेन्टहरु
Loading...