७३ प्रतिशत नेपालीले टेलीभिजन हेर्दैनन्

१९ असार, बिराटनगर । नेपालमा सञ्चारको तीव्र विकास भइरहे पनि इन्टरनेटको सुविधा प्रयोग गर्नेहरुको संख्या अहिलेसम्म ३ दशमलव ३३ प्रतिशतमात्रै देखिएको छ । सञ्चार साधनमध्ये मोवाइल फोन प्रयोगकर्ताहरु चाहिँ ६४ दशमलव ६३ प्रतिशत पुगेका छन् ।

तथ्यांक विभागले बुधबार बिराटनगरमा राष्ट्रिय जनगणना २०६८ मा उल्लेखित रेडियो, टेलिभिजन, केवल टेलिभिजन, कम्प्युटर, इन्टरनेट, टेलिफोन, मोबाइल फोन, गाडी, मोटरसाइकल, साइकल तथा अन्य सवारी साधन र रेपि|mजेरेटर प्रयोगकर्ताहरुको विवरण सार्वजनिक गरेको छ । उल्लेखित वस्तु र सेवामध्ये कम्तिमा एक किसिमको सुविधा उपलब्ध भएका परिवारको संख्या ८४ दशमलव ५६ प्रतिशत रहेको विभागले जनाएको छ । कूल जनसंख्याको १३ दशमलव ६९ प्रतिशत परिवारमा माथि उल्लेखित मध्ये कुनै पनि सुविधा उपलब्ध नभएको तथ्याङ्कमा उल्लेख छ ।

इन्टरनेट प्रयोगकर्ता सबैभन्दा कम

उल्लेखित सेवामध्ये सबैभन्दा कम पहुँच इन्टरनेटमा देखिएको छ । कूल जनसंख्यामध्ये ३ दशमलव ३३ प्रतिशत नेपालीले मात्रै इन्टरनेट सुविधा प्रयोग गर्दै आएका छन् । यसमध्ये सहरी क्षेत्रका १२ दशमलव ११ प्रतिशत जनताले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् भने ग्रामीण क्षेत्रका १ दशमलव २४ प्रतिशत जनताले मात्रै इन्टरनेट सुविधा पाएको तथ्यांक विभागका अधिकृत दामोदर दाहालले जनगणनाको तथ्यांकलाई उधृत गर्दै बताउनुभयो ।

मोवाइल प्रयोगकर्ता बढी

नेपालमा सत्रैभन्दा बढी सञ्चारको विकास र पहुँच मोबाइलको प्रयोगमा देखिएको छ । जनगणनाको तथ्यांक अनुसार प्रत्येक १ सय नेपालीमध्ये मोबाइल फोन ६४ जनाभन्दा बढीका हातमा मोबाइल छ । कुल जनसंख्याको ६० दशमलव ६३ प्रतिशत जनताले मोबाइल फोन उपभोग गरिरहेको तथ्यांकमा देखएकिो छ । यसमध्ये सहरी क्षेत्रमा ८४ दशमलव ०७ प्रतिशत नेपालीले मोबाइल फोन प्रयोग गर्छन् । ग्रामीण क्षेत्रमा पनि ५९ दशमलव ९८ प्रतिशत जनताको हातमा मोबाइल फोन पुगेको छ ।

त्यस्तै नेपालीहरुमा रेडियो सुन्नेको संख्या पनि अत्यधिक देखिएको छ । तथ्यांक विभागद्वारा सार्वजनिक विवरणअनुसार देशको आधाभन्दा बढी जनसंख्या अर्थात् ५० दशमलव ८२ प्रतिशत जनताको रेडियोमा पहुँच देखिएको छ । यसमध्ये सहरी क्षेत्रका ५३ दशमलव ५२ प्रतिशत जनताले रेडियो सुन्छन् भने गाउँमा पनि झण्डै यसैका हाराहारीमा ५० दशमलव १७ प्रतिशत जनताले रेडियो सुन्छन् ।

७३ प्रतिशत नेपालीले टीभी हेर्दैनन्

टेलिभिजनमा भने ग्रामीण क्षेत्रमा ३० प्रतिशत र शहरमा ६० प्रतिशत जनताको मात्रै पहँुच देखिएको छ । सहरी क्षेत्रका ६० दशमलव ६७ प्रतिशत र ग्रामीण क्षेत्रका ३० दशमलव ३६ प्रतिशत जनताले मात्रै टीभी हेर्ने गरेका छन् । यस आधारमा भन्नुपर्दा कुल जनसंख्याको ३६ दशमलव ४५ प्रतिशत जनताले टेलिभिजन हेर्ने गरेका छन् भने देशमा अझैसम्म ७३ दशमलव ५५ प्रतिशत जनताले टेलिभिजन हेर्न पाएका छैनन् । शहरमै पनि टेलिभिजन नभएका परिवारको संख्या उल्लेख्य देखिएको छ ।

मोटरसाइकल नभएका जनता ९० प्रतिशत

आफ्नै घरमा निजी मोटरसाइकल नभएका नेपालीको संख्या करीब ९० प्रतिशत रहेको छ । तथ्यांक अनुसार देशभरमा ९ दशमलव ९८ प्रतिशत जनताका घरमा मात्रै निजी मोटरसाइकल छन् । यसमध्ये सहरी क्षेत्रका २३ दशमलव ६२ प्रतिशत मानिससँग मोटरसाइकल छ भने ग्रामीण क्षेत्रका ६ दशमलव २३ प्रतिशत जनतासँग मात्रै आफ्नै निजी मोटरसाइकल रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

– See more at: http://www.onlinekhabar.com/2013/07/89423/#sthash.t4b3BkD4.dpuf

कमेन्टहरु
Loading...