आमा आफु रुदै मलाई हास्न सिकायौ, मातातीर्थ औशी

पुष्प राज बराल

एउटा असल छोरा हुनका लागि आमा, बाबु र गुरु ठुलो हात हुन्छ । उनीहरु देवता समान हुन्छन् । आमा र जन्मभुमि स्वर्गभन्दा प्यारो हुन्छ पुत्र कुपुत्र हुनसक्छ तर माता कदापि कुमाता हुन सक्दिनन्। त्यसैले नै आमा र माताको महिमा ठुलो छ यो संसारमा।

हिन्दु मात्र होईन विश्वका धर्मशास्त्रमा आमाको स्थान उच्च छ। गुरु पण्डित , पिता भन्दा जन्म दिने आमाको स्थान उच्च छ। आमाकै महिमाका कारण औशिका दिन आमा प्रति राष्ट्र भक्ति सम्मान आदार तथा आमाबाट आशिर्वाद थापिने गरिन्छ।
महिमानै ठुलो भएका कारण माता तिर्था औशिका दिन घरबाट टाढा रहेका छोराछोरीले सम्झिने तथा नजिक रहेकाले फलफुल मिठाई जस्ता मिष्ठान खुवाउने तथा लत्ताकपडा दिएर मुख हेरेर आशिर्वाद थाप्ने गरिन्छ।

आमा सृष्टिकर्ता हुन जस्ले ९ महिना कष्टका साथ गर्भमा राखेर,वेदना सहेर छोरा छोरिलाई हुर्काउछिन, भाषा दिन्छिन, संस्कार सिकाउछिन र एउटा अबोदलाई पुर्ण मानव बनाउछिन्। आमा बिनाको सृष्टि र जीवन सफल छैन। त्यसैले आमाको महिमा अपरमपार छ। त्यसैले छोराछोरी प्रतिको त्यो त्याग समर्पण ममतालाई आजको दिनमा सम्मान गर्दछन।
वास्तबमा मातातिर्थ औशि यसरी रहन गएको थियो भन्ने प्रचलन रहेको पाहिन्छ।

धेरै वर्ष पहिले गाईवस्तु चराउने गोठालाले चौरमा फ्याकेको रोटिको टुक्रा हरायो। उसले अच्चम मानि रोटिको अर्को टुक्रा पनि फ्याक्यो अरु गोठालाहरुले पनि रोटिको टुक्रा फ्याके ती मध्य आमा जीवित रहनिले फ्याकेको रोटिको टुक्रा हराएन र आमा नहुने गोठालाले फ्याक्दा हरायो। हराएको रोटि फ्याक्ने का आमा परलोक भैसक्नु भएको रहेछ। त्यो दिन वैशाख कृष्णपक्ष्य औशि थियो। त्यहि स्थानमा भोलि पल्ट रोटि फ्याक्दा नहराएपछि त्यस दिनलाई विशेष भान्दै मातातिर्थाऔशि मनाउन थालिएको प्रचलन पाहिन्छ।

आमालाई सम्झन सम्मान गर्न कुनै दिन वा दिवश कुर्नु पर्छ भन्नि कुरामा मलाई विश्वास लाग्दैन। आमालाइ आधार सम्मान हामी सदैव गर्न सकिन्छ र गर्नु नि पर्छ। जन्म दिने आमाले कदापि तिमीलाई नराम्रो होस , जति सुकै गल्ति गरे पनि राम्रो तरिकाले हेर्छिन्। साच्ची नै संसारमा सदैव दुख सुखिमा साथ दिने एकमात्र व्यक्ति छिन उनी हुन आमा।

मलाई संघर्ष गर्दै बाच्न सिकायौ
बेदनाको धुनमा नाच्न सिकायौ
तिमी त साचौ महान छौ मेरी आमा
आफु रुदै मलाई हास्न सिकायौ।

आमा शब्द नै दुई अक्षरबाट रचित शब्द छ। जुनको अर्थ आ.आदरणिय मा.माता। आमा शब्दले नै भन्छकि हामिले आमाको उच्च सम्मान गर्नुपर्छ भनेर तर हाम्रो समाजमा आमा शब्दको वास्तविक अर्थ , अर्थ हिन हुँदै गएको देखिन्छ। मातातिर्थ औशिका दिन सामाजिक सन्जालमा फाटो राखेर नौटंकी देखाउने प्रचलन चलेको छ।

सामाजिक सन्जालमा फाटो राखेर के पाउछौ फाटो राख्दैमा सम्मान गरेको हन्छरु हो हजुरलाई राख्न मन भए अरुदिन राख्नुस सायद मातातिर्थ औशिको दिन नै कुर्न पर्दैन। आमाको अर्थ र सम्मान गर्न नजान्नेले सामाजिक सन्जालमा फोटो राख्छन सम्मान गर्नलाई सामाजिक सन्जालमा देखाउनै पर्छ भन्नि कुनै ग्रन्थमा लेखिएको छैन्। यो दिनको उचित सम्मान गर्न जान्नुस।

आमाको महत्त्व अनि माया के हो ? फेसबुक टुईटर जस्ता सामाजिक सन्जालमा जात्रा देखाएर फोटो राख्नेलाई होईन जसको यो संसारमा आमा छैन्न उसलाई सोध निकै भावुक उत्तर पाउनेछौ। पात्रो बनाउनेलाई मेरो आग्रह हरेक दिन मातातिर्थ औशि राखिदेउ प्रत्येक दिन आमालाई माया गर्नु पर्छ भनेर लेखिदेऊ किनकि यहा सबै देखावटी मात्र चल्छ ।

(लेखक हाल ललितपुर ईन्जिनियरिड्ग कलेजमा सिभिल ईन्जिनियरमा स्नातक गरिरहेका छन् । )

कमेन्टहरु
Loading...