निर्वाचन नहुने माओवादी निष्कर्ष

पोखरा, १९ असार/ नेकपा माओवादीले आगामि मंसिर चार गते कुनै पनि हालतमा निर्वाचन नहुने निष्कर्ष निकालेको छ । चैत्र १ गते चार दलले गरेको ११ बुँदे सहमति, त्यसपछि अन्तिरिम संविधानमा भएको २५ बुँदे संसोधन र त्यसका आधारमा बनेको वर्तमान खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रि परिषद खारेजीको नभए सम्म चुनाव नहुने उनिहरुको निष्कर्ष छ ।

चार दिन सम्म पोखरामा चलेको केन्द्रीय समितिको पूर्ण बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रममा माओवादी अध्यक्ष बैद्यले आफ्नो पार्टीले निर्वाचनलाई सक्रिय बहिस्कार गर्ने र ठुला चारदल पनि चुनावको पक्षमा नभएको बताए ।

निर्वाचनकै विषयलाई लिएर तत्काल जनविद्रोह वा ससस्त्र विद्रोहमा नजाने भने उनले प्रष्ट पारे । “निर्वाचन विथोल्नकै लागि भनेर कुनै नयाँ युवा दस्ता बनाउँदैनौं । उनले भने, – हाम्रा सम्पुर्ण पार्टी पंक्ति र जनवर्गिए संगठनलाई परिचालन गर्ने हो । जनयुद्धको जगमा जनविद्रोह गर्ने लाईन यथावत नै रहेपनि निर्वाचन बहिस्कारको आन्दोलनलाई जनविद्रोह संग नजोड्न उनले आग्रह गरे । बन्दुकको बलमा चुनाव भए देश फाँसीवाद तर्फ जाने उनको ठम्याई रहेको छ ।

 

कमेन्टहरु
Loading...