पोखराका मासु पसल अस्वस्थकर, रोगलाग्न सक्छ सजक रहनु होस्

सागर राज तिमिल्सिना
पोखरा १९, असार/तपाई कुखुराको मासु खादै हुनु हुन्छ । होस् गर्नु हो । मासु अस्वस्थकर पनि हुन सक्छ । पोखरामा बुधबार गरेको अनुमनका क्रममा यस्तै देखिएको छ । पोखरामा रहेका अधिकाशं मासु सप्लायर्सद्धारा संचालीत मासु पसलहरु अस्वस्थकर मासु बेचीदै आएको अनुगमनले देखाएको छ । बुधबार पोखरामा मासु पसल अनुगमन गर्दा अधिकांश मासु पसलहरु अब्यबस्थीत रुपमा संचालन गर्दै आएका कारण मासु फोहोर हुदा रोग लाग्न सक्ने देखिएको अनुगमनका क्रममा देखिएको हो ।

मासु मानव स्वास्थ्यका दृष्टीले अस्वास्थ्यकर भएको टोलीमा सहभागि जिल्ला पशु सेवा कार्यालय कास्कीका पशु स्वास्थ्य प्राविधिक फडिन्द्रराज ढकालले बताए । जिल्ला पशुसेवा कार्यालय कास्की, जिल्ला कुखुरा पालक किसान संघको आयोजनामा, संचारकर्मी तथा व्यवासायीहरुको संयुक्त टोली अनुगमनमा सहभागि भएको थियो । अम्मरसिंहचोक तथा जिरोकिलोमिटर क्षेत्रमा मासु सप्लायर्स एवम मासु पसलको अनुगमन टोलीले गरेको थियो ।

बजार अनुगमनको क्रममा आफुहरुले देखेको कुरा स्पष्टरुपमा जिल्ला प्रशासन कार्यालयमा पेश गरेको जिल्ला कुखुरा पालक किसान संघका अध्यक्ष कुमार आचार्यले बताए । कुखुरा पाल्ने खोरसंगै वधशाला निमार्ण भएको, बधशाला राम्रोसंग सरसफाई नगरेको, फ्रेस हाउसमा पठाउने तयारी मासुमा झिंगा भन्कने गरी अब्यबस्थीत रुपमा राखेको, कुखुराको सुलीसंगै तयारी मासु राख्ने गरेको, कुखुराको फोहोरलाई राम्रोसंग व्यास्थापन नगरेको, नापतौलमा अनियमिता भएको, अवैध रुपमा भेटरेनरी पसल समेत संचालन गर्र्दै आएको अनुगमनका क्रममा देखिएको टोलीले जनाएको छ ।

कमेन्टहरु
Loading...