बाघ देखेपछि औधोगिक क्षेत्र त्रसित

पोखरा, १९ असार/पोखराको औधोगिक क्षेत्र रहेको हिमश्रीस फुड प्रा.लि. को भित्र बाघको जोडी र तिनका डमरु फेला परेको छ । पोखरा औधोगिक क्षेत्र भित्र प्रवेश गरेको बाघको एउटा डमरुलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा बाघको आक्रमणबाट एक जना घाईते भएको छ ।

घाइतेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । नियन्त्रणको क्रममा बाघ भागेर औधोगिक क्षेत्रको पछाडि पर्खालबाट हाम फाली नगरक्षेत्रमा प्रवेश गरेको छ । बाघ नगरक्षेत्रमा प्रवेश गरेकोले स्थानियवासी सजग भएर बस्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

बाघलाई नियन्त्रणमा लिन प्रहरी र वन कार्यालयको कर्मचारीहरु लागी परेका छन् । बाघलाई हेर्न स्थानिय बासीको ठुलो भिड छ ।

 

कमेन्टहरु
Loading...