रामबजार ट्याक्सी एकाईको रक्तदानमा ३७ यूनिट रगत संकलन

पोखरा, १९ असार/रामबजार ट्याक्सी एकाई समितिले आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ यूनिट रगत संकलन भएको छ ।

समितिले आफ्नो सातौँ वार्षिकोत्सव तथा १४ औँ अधिवेशनको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमको संस्थाका वरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारीले पहिलो रक्तदाता टोल विकास समन्वय समिति वडा नं. १५ अध्यक्ष प्रकाश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।

उक्त अवसरमा पोखरा १० निवासी समाजसेवी चन्द्र किशोर गौतमलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...