निर्वाचन केन्द्रित सुरक्षा रणनीति बनाउन पोखरामा गोष्ठी सुरु, तुर्टि रहित सुरक्षा मिलाउन निर्देशन

पोखरा ६ बैशाख/गृहसचिब लोकदर्शन रेग्मीले निर्वाचनका लागि आवश्कय सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । पोखरा सुरु भएको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै रेग्मीले तुर्टि रहित र विश्वसनिय शुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

निर्वाचन केन्द्रित सुरक्षा रणनीति तय गर्न पोखरामा सुरु भएको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा गृहसचिव सहित, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक, सबै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ । गोष्ठीमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरिक्षक सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिपराज रेग्मी र नेपाली सेनाका उपरथि विनोद श्रेष्ठको सहभागिता छ ।

पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, र जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुखहरुपनि सहभागी छन् । गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ आफ्नो जिल्लाको सुरक्षा अबस्था बारे जानकारी गराउने र सोहि आधारमा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तय हुने छ । प्रमुख जिल्ला अधिकारीले दिएको सुरक्षा बारेका जानकारी पछि कुन निर्वाचन स्थल सुरक्षाका दृष्टीले कति सम्बेदनसिल छ त्यही अनुसार सुरक्षा रणनीति तयार गर्ने कास्की प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए ।

कमेन्टहरु
Loading...