हाम्रो परिवर्तनले कास्कीकोटमा खानेपानीका लागि बोरिङ्ग

पोखरा, ६ बैशाख /पोखरा लेखनाथको वडा नं २४ साबिक कास्कीकोट गाबिसका बाशिन्दाले भोग्दै आएको खानेपानी समस्या समाधान हुने भएको छ ।

पोखराको माथिल्लो भागमा पर्ने कास्कीकोटमा खानेपानिको समस्या हटाउनको लागि हाम्रो पबिर्तन नेपालले बोरिङ्ग खन्न सुरु गरे पछि सो क्षेत्रमा अब पानीको दिर्घकालिन समाधान हुने कास्कीकोट बाशिले बताएका छन् ।

उक्त क्षेत्रमा बोरिङ्ग खन्ने काम बुधबार बाट सुरु भएको छ । दुई, चार दिनमा पानी निकालेर बितरण प्रकृया सुरु हुने गरी काम गरिएको हाम्रो परिबर्तन नेपालका अध्यक्ष डा. ढाका कुमार श्रेष्ठले जानकारी दिए । नेपालमा बिकासको संभावना भएका स्थलहरुको खोजि गरी नमुना गाऊ बनाउने उद्धेश्य सहित करिब एक बर्ष अगाडी मात्र स्थापना भएको सस्थाले छोटो समयमा बोरिङ्ग र्निमाण गर्न सुरु गरेको भन्दै सो क्षेत्रका बाशिन्दाहरुले खुशि ब्यक्त गरे ।

करिव एक करोड लागतमा ५ सय घरधुरीले बोरिङ्ग बाट प्रत्यक्ष लाभ लिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । बोरिङ्गको सस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले एक कार्यक्रमका बिचमा शिलान्यास गरे । बोरिङ्ग खन्न सुरु भएपछि कास्कीकोटमा समाजशेवी ओम प्रसाद सुबेदीले नगद ५० हजार सहयोग समेत गरेका छन ।

कमेन्टहरु
Loading...