काठमाडौंमा फेरि बर्डफ्लु

काठमाडौं, असार १७ – राजधानीमा फेरि बर्डफ्लु भेटिएको छ । गोठाटार– ४ स्थित अमितकुमार राईको फार्ममा रहेको १४ महिनाको लेयर्स कुखुराको प्रयोगशाला परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो ।

गत सातादेखि कुखुरा मर्न थालेपछि त्रिपुरेश्वरस्थित केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा नमूना परीक्षणका लागि पठाइएको थियो । प्रयोगशालाले सोमबारमात्र बर्डफ्लु भएको पुष्टि गरेपछि कुखुरा मार्न  थालिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. बोलराज आचार्यका अनुशार फार्ममा रहेका २ हजारमध्ये ६ सय कुखुरा मरेका छन् । ‘अरु कुखुरा मार्ने काम धमाधम भइरहेको छ,’ आचार्यले भने ।

आचार्यका अनुसार जिल्ला पशु सेवा कार्यालयको टोलीले अहिले संक्रमण रोकथामका अरु उपायबारे पनि काम गरिरहेको बताए ।

– See more at: http://www.ekantipur.com/np/2070/3/17/full-story/371233.html#sthash.ysCXjIjf.dpuf

कमेन्टहरु
Loading...