पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास १ वर्षमा काम शुन्य

सागर राज तिमिल्सिना
पोखरा, १ बैशाख /पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण गर्न सिलन्यास गरेको ठ्याकै एक वर्ष सम्म पनि कागजी काम मात्रै अड्कीएको छ । अघिल्लो वर्ष बैशाख १ गते पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएताका शिर्ष दलका नेताहरुले शिलन्यास गरेका थिए । तर त्यस यता विमानस्थल निर्माणको कामले गति लिन सकेको छैन । चिनिया एक्जिम बैंक सगँको ऋण सौम्झोता सक्रिय नहुदा कामले गति लिन नसकेको हो ।

चिनिया निर्माण कम्पनीका कामदाराहरु आएर माटो परिक्षाको काम गरेपनि नेपालका सबै विमानस्थलको आम्दानी एउटै खातामा जानु पर्ने चिनिया मागले कामको कुरा अड्कीएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिए । उनले ऋण सक्रिय हुने वित्तिकै चिनिया पक्षले निर्माणको काम थाल्ने बताए । उनले नेपाल सरकार र नागरिक उड्यान प्राधिकरणले गर्ने अन्यकाम भने भइरहेको बताए ।

विमानस्थल निमार्णका लागि सरकारले २२ अर्व ऋण बाहेक साढे पाँच अर्व रुपैया बजेटको काम भइरहेको बताए । उनले तीन अर्व रुपैयाँ जग्गा मुअव्जा दिइसकेको, सिभिल कन्स्ट्रक्सन, प्रोजेक्ट डिजाइन, विमानस्थल वरीपरि रिङरोड निमार्णका लागि छुट्याएको एक अर्वको काम भएको बताए ।

विमानस्थल निमार्णका क्रममा सुरक्षा प्रदान गर्न अहिले नेपाल आर्मीले सुरक्षा समेत दिएको उनले सुनाए । झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई दिँदैछ । त्यही पैसा सरकारले प्राधिकरणलाई दिने हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्तिसमेत सरकारलाई दिनुपर्ने सर्त भएको इपीसी मोडलमा सीएएमसीईले ठेक्का लिएको हो ।

पोखराको छिनेडाँडामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो। यसका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। करिब ६ सय रोपनी जग्गा आयोजनाले थप गरेको छ । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको पक्की धावनमार्ग हन्छ। यसमा बोइङ ७५७ आकारसम्मका जहाज उडान–अवतरण गर्न मिल्ने प्राधिकरणको भनाइ छ।

कमेन्टहरु
Loading...