लायन्स क्लब अफ पोखरा मेट्रोसिटीमा गुरुङ

पोखरा, २७ चैत/लायन्स क्लब अफ पोखरा मेट्रोसिटीको लायन वर्ष २०१७÷१८ को अध्यक्षमा विशाल गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले क्लबको प्रथम उपाध्यक्षमा सुशील के.सी.,द्वितीय उपाध्यक्षमा विष्णु अधिकारी, तृतीय उपाध्यक्षमा  नारायण पौडेल, सचिवमा केदार कोइराला, कोषाध्यक्षमा अमृत कार्की, सहसचिवमा राजेश गुप्ता, सहकोषाध्यक्षमा सरोज वाग्लेलाई निर्वाचित गरेको छ ।

एलसिआइएफ डाइरेक्टरमा अजय श्रेष्ठ, मेम्बरसिप डाइरेक्टरमा ध्वज गुरुङ, पिआरओमा प्रेम क्षत्री, टेमरमा भरत भट्टराई, टेइल टुइस्टरमा ऋषि बराल, रिपोर्टिङ अफिसरमा ईश्वर चालिसे, डाइरेक्टरमा पदम सिटौला र सुरेन्द्र थापा सर्वसम्मत निर्वाचित भएको क्लबका निवर्तमान अध्यक्ष तथा निर्वाचन समिति संयोजक धर्ममानसिंह भण्डारीले जानकारी दिए ।

फेलोसिप कार्यक्रम सहित शान्ति वनबाटिकामा आयोजित उक्त कार्यक्रममा रिजन चेयरपर्सन सुदिपराज ढुंगाना, जोन चेयरपर्सन प्रशान्तराज धमला, पिस सिटीका निबर्तमान अध्यक्ष टंकराज अधिकारी, मिड टाउनका अध्यक्ष विष्णु बास्तोला लगायतले बोलेका थिए । नवनिर्वाचित प्रथम उपाध्यक्ष सुशील केसीको संयोजकत्व तथा लायन वर्ष २०१६÷१७ का अध्यक्ष आनन्दराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कमेन्टहरु
Loading...