एड्भान्स पोलिक्निकको आयोजनामा पोखरामा डिप्रेसन सचेतना

पोखरा, २६ चैत /पोखराको एड्भान्स पोलिक्निकमा विश्व स्वास्थ्य दिवसको अवसरमा डिप्रेसनबारे छलफल गरेको छ । हरेक वर्ष अप्रील ७ तारिखमा मनाइने यो दिवस मनाउने गरिन्छ । त्यसै अववरमा पोलिक्निकले कार्यक्रम गरेको हो ।

यस वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘डिप्रेसन लेट्स टक’ अर्थात् डिप्रेसनबारे खुलेर कुरा गरौं भन्ने नाराका साथ दिवस मनाउँदै छ । कार्यक्रममा मनोरोग विषेशज्ञ डाक्टर राजन शर्माले मानसिक रुपमा हतास हुने समस्यालाई डिप्रेसन भनिने बताए । उनले मानिस कडा प्रकारको डिपे्रसनको शिकार भएमा घटाउनका लागि अन्यले सहयोग गर्नु पर्ने बताए ।

डिप्रेसन भएका व्यक्तिमा जागृत भएको हीन भावना बढ्दै गएमा नकारात्मक सोच विकास भएर आत्महत्या समेत गर्ने भएका कारण अन्यले नकारात्मक सोच घटाउन सहयोग गर्नु पर्ने बताए । डिप्रेसन हाल विश्वमै समस्याको रुपमा देखिएको उनलको भनाई छ । डब्लुएचओको तथ्यांक अनुसार, विश्वमा करिब तीन करोड मानिस डिप्रेसनबाट पीडित छन् । सन् २००५ यता दश वर्षको अवधिमा डिप्रेसनका बिरामीको संख्यामा १८ प्रतिशतले बढेको पाइएको छ ।

तथ्यांकले कतिसम्म भयावह तस्वीर देखाउँछ भने, विश्वमा १५ वर्ष देखि २९ वर्ष उमेरका मानिसको मृत्युको प्रमुख कारण डिप्रेसनकै कारण हुने आत्महत्या भएको देखिएको छ । डिप्रेसनबारे बुझेर समयमै उपचार गरेमा यो रोग सजिलै रोकथाम गर्न सकिने उनले बताए । कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...