बाबुरामले पदत्याग घोषणा फिर्ता लिन मानेनन्

१६ असार, काठमाडौं । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईलाई पार्टी उपाध्यक्ष पदत्याग घोषणा फिर्ता गराउने प्रयास असफल भएको छ । भट्टराईले आइतबार अपराहृनबाट आफ्नो निजी वेबसाइट र सामाजिक सञ्जाल ट्वीटरबाट समेत एमाओवादी उपाध्यक्ष पद हटाउनु भएको छ ।

baburam bhattarai

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईको पद त्यागको घोषणा फिर्ता गराउन एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु सक्रिय हुनु भएको थियो । आइतबार विहान पदाधिकारी बैठकले भट्टराईलाई पद त्यागको घोषणा फिर्ता लिन प्रस्ताव गरेको थियो भने लगतै प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा व्यूरो, राज्य इन्चार्जसहितक छलफल भएको थियो । छलफलमा भट्टराई स्वयम पनि सहभागी हुनुहुन्थ्यो ।

भट्टराईले राजीनामा घोषणा गरेलगतैबाट सुरु भएको प्रयासले २४ घण्टामा पनि सार्थकता पाउन सकेन । जिम्मेवारी बाँडफाँडबारे चर्को विवाद भएपछि भट्टराईले शनिबारको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष पद त्याग गर्ने घोषणा गर्नु भएको थियो ।

भट्टराईले पार्टीभित्र पदलोलुपता र संसदीय खेल बढेकाले आफूलाई दिक्क लागेको भन्दे बैठकमै पद त्यागको घोषणा गर्नु भएको थियो ।

पदीय बाँडफाँडमा विवाद भएपछि अध्यक्ष प्रचण्डले पार्टी महासचिवको जिम्मेवारी पोष्टबहादुर बोगटीलाई नै दिने र सचिवहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणी पोख्रेलको नाम प्रस्ताव गर्नुभएको थियो । यस्तै कोषाध्यक्षका लागि हिसिला यमीको नाम सिफारिस भएको छ । अध्यक्ष प्रचण्डलेे पदाधिकारी ९, पूर्ण स्थायी २५, सात वैकल्पिक स्थायी, ५१ पोलिटब्युरो, २४ वैकल्पिक पोलिटब्युरो र एक सय ५१ पूर्ण केन्द्रीय सदस्य रहने साङ्गठनिक प्रस्ताव पेश गर्नुभएको थियो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/88012/#sthash.16ZmKMWZ.dpuf

कमेन्टहरु
Loading...