निर्वाचनलाई कसैले रोक्न सक्दैन : ओली

१५ असार, विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले मङ्सिर ४ गते घोषणा गरिएको संविधानसभाको निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ ।

KP-Oli

शनिवार विराटनगरमा सञ्चारकर्मीहरुसँगको भेटमा नेता ओली निर्वाचन आयोगले निर्वाचन गराउने भएकाले कुनै दलका नेताले प्रधानसेनापतिलाई भेटेर निर्वाचन रोक्ने कुरा गर्नु अर्थहीन भएको वताउनुभयो ।

उहाँले कुनै एक/दुई दल सहभागी नहँुदैमा निर्वाचन नरोकिने प्रस्ट पार्दै निर्वाचनबाट नै मुलुकमा लोकतान्त्रिक प्रणाली व्यवस्थित हुने बताउनुभयो । मङ्सिर ४ गते निर्वाचन नभए मुलुक गम्भीर राजनीतिक सङ्कटमा फस्ने उल्लेख गर्दै उहाँले निर्वाचन रोक्ने गरी कुनै पनि निर्णय नगर्न पनि दलहरुलाई आग्रह गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले निर्वाचनकै लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएकाले निर्वाचन सम्पन्न नभएसम्म कसैको माग पूरा गर्न संयन्त्र वा चुनावी सरकार भङ्ग नहुने प्रस्ट पार्नुभयो ।नेता ओलीले पार्टीभित्र महाधिवेशनको विषयमा कुनै पनि विवाद नहरेको दावी पनि गर्नुभयो । रासस

– See more at: http://www.onlinekhabar.com/2013/06/87820/#sthash.7REGjbVd.dpuf

कमेन्टहरु
Loading...