निःशुल्क मधुमेह तथा किड्नी परीक्षण

पोखरा, १८ चैत/६० औं अन्तराष्ट्रिय सहकारी दिवस को उपलक्ष्यमा २ सय १८ जनाको निःशुल्क मधुमेह तथा किड्नी परिक्षण गरिएको छ । दुध पोखरी बचत तथा ऋण सहकारी संस्था लि. र शितलज्योति युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको रक्त परिक्षण कार्यक्रममा पोले–१२ मा रहेको न्यू गण्डकी प्याथोलोजि सर्भिसले प्रविधिक सहयोग गरेका थिए ।

“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथ पहिलो कार्यक्रम अन्र्तगत रक्त परिक्षण कार्यक्रम गरेको र १९ गते सरसफाई लगायतका कार्यक्रम रहेको दुध पोखरी सहकारीका प्रमुख दुध कासी गुरुङले बताए । कार्यक्रमका प्रमुख अतिथि एवं नेफस्कोनका केन्द्रिय सदस्य श्री भीम गुरुङले रगत परिक्षणको लागि रगत दिई कार्यक्रमको उद्धघाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले सहकारीहरुले संस्थालाई दिगो रुप सम्म जिवित राख्ने हो भने एउटै क्षेत्रमा मात्रै लगानी गर्न नहुने र सहकारीहरु सामाजिक कार्यमा पनि अग्रसर हुनु पर्ने कुरामा जोड दिए । प्राविधिक अर्जुन ज्ञवालीले मधुमेह अन्य रोगको मुल कारक भएकोले त्यस बाट बेलैमा बच्नु पर्ने र बेला बेलामा रगत परिक्षण गरि आफ्नो स्वास्थ्य स्थिति बारे थाहा पाउनु पर्ने कुरा सुझाए । कुनै पनि रोग निधानमा रगत परिक्षण महत्वपूर्ण हुने कुरामा जोड दिदै महेन्द्रपुल वारी एउटा पनि राम्रो ल्याबको सुविधा नभएकोले अब नयाँ वर्षको आगमन सगै शितलदेवि बाट आफुले सस्तो र गुणस्तरिय सेवा दिने दिने बताए ।

दुध पोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हितमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन संस्थाका सचिव कौसिला गुरुङ,स्वागत शितलज्योति युवा क्लबका अध्यक्ष सुरज श्रेष्ठ गरेका थिए । कार्यक्रममा पोले–१२ का सचिव श्रीकान्त तिमिल्सना,दुध पोखरी बचत तथा ऋण संस्था लि.का उपाध्यक्ष सु.जंङ्ख प्रसाद गुरुङ लगायत शुभकामना मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...