कास्कीमा म्यादी प्रहरीमा १६६० को आवेदन

पोखरा, १८ चैत्र /स्थानीय तह निर्वाचन सुरक्षामा खुलाइएको म्यादी प्रहरी भर्ना अन्तर्गत कास्कीमा एक हजार ६ सय ६० जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा १० गते देखि १७ गते सम्म २ सय १७ महिला र १४ सय ४३ पुरुषको आवेदन परेको हो ।

प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार देशका सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने ब्यवस्था मिलाइएको थियो । स्थानिय तह निर्वाचनको लागि देशभरबाट ७५ हजार म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

भर्नाको लागि दरखास्त दिएकाहरुले शुक्रवार सम्बन्धित स्थानमा सम्पर्क गर्नुपर्ने र छनौट प्रक्रिया चैत्र १९ देखि २१ गते सम्म चल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौटमा परेकाको नामावली चैत्र २२ गतेको प्रकाशित गरिनेछ । छनौटमा परेकाको चैत्र २५ देखि बैशाख ८ गतेसम्म प्रशिक्षण सञ्चालन हुनेछ ।

कास्कीमा आवेदन दिएकाहरुको छनौटपछि प्रशिक्षण पोखरामै सञ्चालन हुने डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यवधि ५५ दिनको हुनेछ ।

कमेन्टहरु
Loading...