मेरो नेपालद्वारा एसएलसी उत्तीर्णलाई सम्मान

पोखरा, १५ असार/पोखरा–१४ मझेरीपाटनस्थित मेरो नेपाल युवा क्लबद्वारा आफ्ना वडा भित्रबाट एसएलसी उत्तीर्ण गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी अशोक पालिखेले विद्यार्थीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै उनले अरुको दबाव र देखासिकीमा नलागी भोलिको अबसरलाई बुझेर सोही अनुरुपको विषय अध्ययन गर्नुपर्ने बताए ।

क्लबका अध्यक्ष हरि जिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एसएलसी उत्तीर्ण करिब सय जना विद्यार्थीहरुलाई सम्मान गरिएको प्रचारप्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । कार्यक्रममा रामेश्वरी उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष किरण पौडेल, प्रध्यापक तुलसीप्रसाद चापागाइँ, पूर्व मेयर भीमसेन थापा, क्लबका पूर्व अध्यक्षहरु गोविन्द भण्डारी, बोधराज बराल, राजुकुमार थापा, अभिभावक कमला कार्की, विद्यार्थी दीपिका कार्की, मनोज रानाभाट, शिक्षाप्रेमी नवराज थापा, शंकरदेवी पौडेल, नारायणप्रसाद पौडेल, दिवस कुँवर लगायतले बोलेका थिए ।

क्लबका उपसचिव कमलराज ढुंगानाको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएको हो । त्यसैगरी संस्थागत विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विपिन बराल र दीपिका कार्की तथा सामुदायिक विद्यालयतर्फबाट रामेश्वरी उच्च माविका सन्तोष चापागाइँ र मनिसा रानाभाटलाई पुरस्कार प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...