हुण्डाइ ग्राण्ड आइटेनको नयाँ मोडेल बजारमा

पोखरा, १७ चैत /नेपालको लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँमोडलको ग्राण्ड आइटेन गाडी सार्वजनिक गरेको छ । हुण्डाईका लागि गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता एल.आई. मोटर्स प्रालि बुद्धचोक पोखरा सोरुमबाट एक कार्यक्रमका बीच बिहीबार ‘२०१७ ग्राण्ड आइटेन’ सार्वजनिक गरिएको हो ।

कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक सुनिल श्रेष्ठले गाडी सार्वजनिक गरेका हुन् । बजारको परिबर्तित चाहना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथमिकतामा राख्दै नयाँ मोडलको गाडी सार्वजनिक गरिएको अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । ‘नयाँबोल्ड रस्टाइलिस गाडी प्रस्तुतभएको छ,’उनले भने, ‘यो गाडीपोखरा लगायत देशभर ग्राहकको आकर्षणबन्ने हाम्रो विश्वास छ ।’

उच्च विशेषताहरुका कारण सार्वजनिक भएको ग्राण्ड आइटेनको नयाँमोडलग्राहकले रुचाउने कार्यकारी निर्देशक सुनिलश्रेष्ठको दावी छ । ‘हुण्डाइका सबै ब्राण्डग्राहकको रोजाईमा परेकाछन्,’ उनले भने, ‘अहिले सार्वजनिक भएको नयाँमोडलले अझ धेरै ग्राहकको मन जित्ने हाम्रो विश्वास छ ।’

सुरुवातदेखि नैग्राण्डआइटेन उत्कृष्टउत्पादनरहेकाले धेरैले मन पराइराखेकोसेल्स अपरेसन इन्चार्जभीमसिंह खत्रीले बताए । ‘धेरै भन्दा धेरै ग्राहकवर्गको मन जित्न सफलभएकाले आगामी दिनहरुमा पनि नयाँ २०१७ग्राण्डआइटेनलेसोहीकिसिमको अनुभव र सुविधा प्रधान गर्नेमा विश्वस्तछौं,’ उनले भने ।

सार्बजनिक भएको नयाँगाडीको भित्रीभागकम्फर्ट, लक्जरी, हाइ–टेक एपिएलमार बाहिरी भागबोल्ड, स्पोर्टी र डाइन्यामिक स्टाइलिङ छ । ‘अगाडिको अग्र भागमानयाँबम्पर र नयाँएलइडीडे टाइम रनिङ लाइटछ,’खत्रीले भने, ‘पछाडिबम्पर र नयाँ रिफ्लेक्टर छ ।’

विभिन्न ६ वटामोडलमाउपलब्ध यो गाडीको मूल्य २६ लाख ९६ हजार रुपैयाँदेखि ३४ लाख ५६ हजार रुपैयाँसम्म पर्ने खत्रीले बताए । ६ वटाकलरमाउपलब्ध यो कारमा ५ सिटक्षमता छ । ‘सेन्सर क्यामरा जडानगरिएकाले दुर्घटनाहुने सम्भावनानिकै कमछ,’उनले भने । नेपालमा धेरै ग्राहकको रोजाईमा परेको यो कार भारतमा पनि लोक प्रिय छ । यो कारले सन् २०१४ माइण्डियनकार अफदिइयर उपाधिपाएको थियो ।

कमेन्टहरु
Loading...