११ र २५ बुँदे खारेज हुदैन थप घट गर्न सकिन्छ–महासचिव पोखरेल

पोखरा, १५ असार/नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले असन्तुष्ट दलहरु निर्वाचनमा सहभागी गराउन सरकार र राजनीतिकहरुले लचकता प्रर्दशन गर्नुपर्ने बताए । प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् । सवै पक्षलाई निर्वाचनमा ल्याउन लचकता अपनाउनु पर्ने उनले बताउदै लचकता अपनाउन सरकार, राजनीतिक दलहरु र निर्वाचन आयोग तयार रहेको बताए ।

महासचिव पोखरेलले देश राजनीतिक र संवैधानीक प्रक्रियाको लिगबाट बाहिर गएकाले, त्यसलाई लिगमा ल्याउन निर्वाचनको विकल्प नभएको बताए । उनले असन्तुष्ट दलहरुको मागलाई वार्ता र सम्वादको माध्यमबाट टुङग्याएर निर्वाचनमा सहभागि नगराए निर्वाचन प्रभावित हुनसक्ने समेत बताए । मोहन बैद्य नेतृत्वको नेकपा–माओबादी र उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निर्वाचनमा सहभागित गराउनुपर्नैमा जोड दिए ।

‘वैद्य र उपेन्द्र जीहरुलाई बाहिर राखेर निर्वाचन गराउन समस्या पर्छ, असन्तुष्ट दलहरुको माग सम्वोधान गरेर सवैलाई लिएर निर्वाचनमा जानुपर्छ ।’उनले नेकपा–माओबादीले भनेजस्तै ११ बुँदे र २५ बुँदे खारेज नहुने बताउदै त्यसमा उनहरुले चाहेका बुदाँ समावेश गर्न सकिने बताए ।‘

कमेन्टहरु
Loading...